सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकले दियो ४४ विपन्न घरधुरीलाई राहत सामग्री


  •    न्युजभित्तो/१६ जेष्ठ २०७७, शुक्रबार १९:५६ 
  • चितवन । कोरोना भाईरस (कोभिड १९) का कारण भएको लकडाउनले अप्ठ्यारोमा परेका परिवारलाई कामना सेवा विकास बैंकले राहत सामग्री सहयोग गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ५ स्थित विकास चोकमा रहेको कामना सेवा विकास बैंकको शाखाले शुक्रबार ४४ घर परिवारलाई राहत वितरण गरेको छ । बैंकले ती घरधुरीलाई १५ दिनलाई पुग्ने खाद्य सामाग्री वितरण गरेको हो ।

    लकडाउनका कारण सबैभन्दा बढी ज्यालामजदुर र विपन्न वर्ग मारमा परेको कारण राहत सामाग्री वितरण गरिएको बैंकले जानकारी दिएको छ । न्यून आय भएका तथा दैनिक ज्यालादारीमा काम गर्ने ४४ घर परिवारलाई दैनिक उपभोग्य खाध्यान्न तथा अन्य सामग्री वितरण गरिएको बैंकका शाखा प्रबन्धक रामप्रसाद लोहागुनले जानकारी दिनुभयो।

    उहाँका अनुसार उनीहरुलाई १५ दिनलाई पुग्ने चामल, तेल, नुन र साबुन वितरण गरिएको हो । उक्त राहत महानगरपालिका को वडा नम्बर ५ , विकासचोक टोल विकास संस्था र विकासचोक बजार समितिको सहकार्यमा वितरण गरिएको प्रबन्धक लोहागुनले जानकारी दिनुभयो ।

    वितरण कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र भण्डारी, वडा सदस्य रबिलाल भट्टराई, टोल विकास संस्थाका अध्यक्ष केशवराज पोखरेल, बजार समितिका अध्यक्ष दिपक श्रेष्ठ लगायतको सहभागिता थियो । बैंकले लकडाउन शुरुभएपछि टांँडीको खुरखुरे , नारायणढको लायन्स चोक, शारदानगर, हाकीमचोकमा रहेका शाखाहरुबाट समेत राहत सामग्री वितरण गरिसकेको छ

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.