लकडाउनको मोडालिटि परिवर्तन : पसल खोल्न, निजी सवारी तथा ट्याक्सी जोर विजोर गरी चल्न दिईने
न्युजभित्तो/२९ जेष्ठ २०७७, बिहीबार ०६:४६
काठमाडौं । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ ।
सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने छन्। कोरोना संक्रमण नियन्त्रण तथा व्यबस्थापन सम्बन्धी केन्द्रिय निकाय सीसीएमसीले निर्धारण गरेको प्रक्रिया पूरा गरी व्यबसायहरु पनि सञ्चालन गर्न दिइने निर्णय भएको छ । बुधबार साँझ अबेर सम्पन्न मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । मोडालिटिको विस्तृत विवरण आज बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिईने छ ।