अन्तर्राष्ट्रिय

इरानी राष्ट्रपति राईसीको अन्त्येष्टिमा सहभागिताका लागि दशौँ हजार व्यक्ति तेहरानमा भेला
-न्युजभित्तो

इरान, ९ जेठ । गत आइतबार हेलिकप्टर दुर्घटनामा दिवङ्गत भएका इरानी राष्ट्रपति इब्राहिम राइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानलगायतको टोलीको अन्त्येष्टि समारोहमा सहभागी हुन दशौं हजार इरानी नागरिक बुधबार तेहरानको सडकमा भेला भएका छन् । इरानका सर्वोच्च नेता अयातुल्लाह अली...

गर्मीका कारण दिल्लीका सबै विद्यालय बन्द गर्न निर्देशन
-न्युजभित्तो

भारत, ९ जेठ । भारतको राजधानी दिल्लीमा गर्मी बढ्न थालेपछि सरकारले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । दिल्लीको तापक्रम ४७ डिग्री सेल्सियस पुगेपछि त्यहाँको सरकारले सबै विद्यालय बन्द गर्न आदेश दिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । शिक्षा...

बाघको आक्रमणबाट भारतमा एक जनाको मृत्यु, ३६ गाउँमा चेतावनी
-न्युजभित्तो

भारत, ७ जेठ । भारतको मध्य प्रदेशमा बाघले मानिसको हत्या गरेपछि वन अधिकारीहरूले रेड अलर्ट जारी गरेका छन् । मध्य भारतीय राज्य मध्य प्रदेशका ३६ वटा गाउँमा रेड अलर्ट जारी गरिएको हो । मध्यप्रदेशको राजधानी शहर भोपालको छेउमा रहेको रायसेन...

चिन स्ट्रयापमा झुन्डिएर व्यायाम गर्न खोज्दा पुरुषको मृत्यु
-न्युजभित्तो

बेइजिङ, ६ जेठ । चीनमा एक जना पुरुषले व्यायाम गर्दागर्दै ज्यान गुमाएका छन् । चिन स्ट्रयापमा च्यापुलाई अड्काएर व्यायाम गर्ने क्रममा ५७ वर्षका ती पुरुषको मृत्यु भएको हो । विगत एक दशकयता चीनमा अनौठा खालका व्यायामहरू अभ्यासमा आइरहेका छन् ।...

इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु
-न्युजभित्तो

काठमाडौं, ६ जेठ । उत्तरी गाजापट्टीको जबलिया शिविरमा आफ्नो घर फर्कने क्रममा प्यालेस्टाइनीहरूमाथि इजरायली आक्रमण हुँदा १५ जनाको मृत्यु भएको छ । अन्य ३० जना घाइते भएका छन् । प्यालेस्टिनी सुरक्षा स्रोतहरूका अनुसार इजरायली युद्धक विमानहरूले गाजामा प्यालेस्टाइनी शरणार्थीहरूको लागि...

सुँगुरको मिर्गौला प्रत्यारोपण गरेका संसारकै पहिलो व्यक्तिको निधन
-न्युजभित्तो

काठमाडौँ, ३१ वैशाख । आनुवंशिक रुपमा सुधारिएको सुँगुरको मिर्गौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने विश्वकै पहिलो व्यक्तिको अन्ततः मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको करिब २ महिनापछि उनको मृत्यु भएको हो । ६२ वर्षीय रिचार्ड रिक स्लेम्यानले अमेरिकाको म्यासाचुसेट्स...

अफगानिस्तान विस्फोटमा तीनको मृत्यु, पाँच घाइते
-न्युजभित्तो

अफगानिस्तान, २७ वैशाख । अफगानिस्तानको बदख्सान प्रान्तको केन्द्रमा बुधबार सुरक्षा बललाई लक्षित गरी भएको विस्फोटमा तीन जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएको टोलो न्युजले जनाएको छ । तालिबानको गृह मन्त्रालयले फैजाबाद सहरमा सुरक्षा बलको शिविरलाई लक्षित गरी...

सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारीलाई एयरलाइन्सले गर्‍यो बर्खास्त
-न्युजभित्तो

नयाँ दिल्ली, २७ वैशाख । भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डिया एक्सप्रेस एयरलाइन्सले सामूहिक बिदामा गएका कर्मचारीहरूलाई कडा कारबाही गर्दै सबैलाई कामबाट निकालिदिएको छ । निष्कासित कर्मचारीले ड्युटीमा नगएको र व्यवहार पनि ठिक नभएको कम्पनी सम्बद्ध स्रोतले बताएको...

भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
-न्युजभित्तो

संयुक्त राष्ट्रसङ्घ, २६ वैशाख । हिंसाग्रस्त हाइटीको उत्तरपश्चिममा भर्खरै आएको भारी वर्षाका कारण बाढी र पहिरोमा परी १३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घका मानवीय सहायताकर्मीहरूले मङ्गलबार बताएका छन् । मानवीय मामिला समन्वयका लागि राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले स्थानीय अधिकारीहरूले क्याप–हाइटेनमा...

क्यान्सर बिरामीले जिते इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको भाग्यचिठ्ठा
-न्युजभित्तो

अमेरिका, २३ वैशाख । एकजना आप्रवासी अमेरिकी इतिहासकै चौथो सबैभन्दा ठूलो रकमको लट्री अर्थात् भाग्यचिठ्ठा जित्ने व्यक्ति बनेका छन् । दक्षिण पूर्वी एसियाली मुलुक लाओसमा जन्मिएर हाल अमेरिकामा बसोबास गर्दै आएका चेङ सेफानले १ अर्ब ३० करोड डलरको पावर बल...