सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको उच्च तापक्रम ५०.५ डिग्री, ५१ को मृत्यु, तीनदिन भारी वर्षाको चेतावनी


  •    न्युजभित्तो/१६ जेष्ठ २०८१, बुधबार १६:११ 
  • भारत, १६ जेठ । भारतका उत्तरपूर्वी राज्यका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेको चेतावनी दिईएको छ भने अन्य स्थानमा भने गर्मीले विगतका रेकर्डहरु तोडिरहेको छ ।

    मंगलबार राजस्थानको चुरुमा देशकै उच्च तापक्रम ५० दशमलव ५ डिग्री थियो । यसअघि राजस्थानको फलोदी लगातार तीन दिनसम्म देशकै सबैभन्दा तातो शहर बनेको थियो । यहाँको तापक्रम शनिबार ५० डिग्री, आइतबार ५१ डिग्री र सोमबार ४९ दशमलव ४ डिग्री रहेको थियो । मंगलबार यहाँको तापक्रम ४९ डिग्री थियो ।

    मंगलबार राजस्थानमा गर्मीका कारण १६ जनाको मृत्यु भएको छ । राज्यमा गर्मीका कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

    मंगलबार राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेश, दिल्लीलगायत १२ राज्यका ७८ स्थानमा ४५ डिग्री वा सोभन्दा बढी तापक्रम रेकर्ड गरिएको थियो। सोमबार देशका १० राज्यका ७५ स्थानको तापक्रम ४५ डिग्री वा सोभन्दा बढी थियो । हिजो प्रयागराजको तापक्रम ४८.२ डिग्री थियो । ३० वर्षअघि सन् १९९४ मा यहाँ ४८.४ डिग्री तापक्रम रेकर्ड गरिएको थियो ।

    मौसम विभागले बुधबार पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली, राजस्थान, उत्तर प्रदेश, मध्य प्रदेशमा गर्मीको लहरको रेड अलर्ट जारी गरेको छ । यस बाहेक जम्मु डिभिजन, हिमाचल प्रदेश, महाराष्ट्रका केही भाग, छत्तीसगढ, बिहार, झारखण्ड र ओडिशाका एकान्त स्थानहरूमा पनि गर्मीको लहर आउने सम्भावना छ ।

    अर्कोतर्फ, रेमाल आँधीका कारण सबै उत्तरपूर्वी राज्यहरू असम, मेघालय, अरुणाचल प्रदेश, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरामा मे २९ देखि जुन १ सम्म भारी वर्षाको सम्भावना छ । यहाँ वर्षाको लागि रेड अलर्ट जारी गरिएको छ ।

    दिल्लीका स्वास्थ्य मन्त्री सौरभ भारद्वाजले सबै सरकारी अस्पतालहरूमा तातो लहरका बिरामीहरूका लागि दुईवटा बेड आरक्षित गरिने घोषणा गरेका छन् ।

    जम्मुका धेरै ठाउँमा तापक्रम ४३ डिग्री नाघेको छ । यस्तो अवस्थामा जम्मू प्रशासनले जुन १ देखि सबै सरकारी र निजी विद्यालयका लागि ४६ दिनको गर्मी बिदाको घोषणा गरेको छ । जुन १ देखि जुलाई १६ सम्म विद्यालयहरु बन्द रहनेछन् । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.