सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाघको आक्रमणबाट भारतमा एक जनाको मृत्यु, ३६ गाउँमा चेतावनी


  •    न्युजभित्तो/७ जेष्ठ २०८१, सोमबार १५:२६ 
  • भारत, ७ जेठ । भारतको मध्य प्रदेशमा बाघले मानिसको हत्या गरेपछि वन अधिकारीहरूले रेड अलर्ट जारी गरेका छन् ।

    मध्य भारतीय राज्य मध्य प्रदेशका ३६ वटा गाउँमा रेड अलर्ट जारी गरिएको हो । मध्यप्रदेशको राजधानी शहर भोपालको छेउमा रहेको रायसेन जिल्लाका गाउँहरूमा अलर्ट लागू गरिएको छ । रायसेन वन डिभिजनको पूर्वी क्षेत्रमा ६२ वर्षीय पुरुषको आधा खाएको शव फेला परेको वन अधिकारीले जानकारी दिए । जंगलमा तेन्दुपात टिप्ने क्रममा उनीमाथि आक्रमण भएको हो । बाघले बारम्बार आफ्नो स्थान परिवर्तन गरिरहँदा आक्रमणले गाउँमा त्रास फैलाएको छ ।

    विज्ञहरूको तीन टोलीले ट्रेस गर्न र यसको गतिविधि निगरानी गर्न यी ३६ गाउँहरूमा र वरपर १०० भन्दा बढी क्यामेराहरू राखेका छन् । सन् २०२३ मा जारी गरिएको पछिल्लो गणना अनुसार मध्य प्रदेशमा ७८५ बाघ छन् ।
    सिन्ह्वा ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.