सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलेसियामा पनि बुद्ध जयन्ती मनाइयो


  •    न्युजभित्तो/१० जेष्ठ २०८१, बिहीबार ११:२५ 
  • काठमाडौँ, १० जेठ । मलेसियको राजधानी क्वालालम्पुरस्थित नेपाली राजदूतावासले शान्तिका अग्रदूत गौतम बुद्धको २५६८ औँ बुद्ध जयन्ती (वैशाक दिवस) का अवसरमा बुधबार एक कार्यक्रम आयोजना गरियो ।

    गैरआवासीय नेपाली सङ्घ मलेसियाको समन्वयमा भएको कार्यक्रममा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल, मलेसियाका वरिष्ठ बौद्ध भिक्षु दातुक के श्री धम्मरत्न नायक महाथेर र गैरआवासीय नेपाली सङ्घ, मलेसियाका अध्यक्ष विनोद थापाले कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । मैत्री भावनाको ध्यानसत्रसमेत सञ्चालित कार्यक्रममा बुद्धको जन्मस्थल लुम्बिनीसम्बन्धी श्रव्यदृष्य र नेपाली गीत–सङ्गीत तथा कला प्रस्तुत गरिएको थियो ।

    त्यस अवसरमा राजदूत पौडेलले बुद्धको जन्मस्थल लुम्बिनी नेपालीको गौरवको केन्द्र भएको बताउँदै लुम्बिनी क्षेत्र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक, सांस्कृतिक सङ्गठन (युनेस्को) को विश्व सम्पदा सूचीमा रहेको जानकारी दिँदै नेपाल सरकार बृहत् लुम्बिनी क्षेत्रको पूर्ण विकास, यसको सांस्कृतिक र वास्तुकला स्मारकहरुको संरक्षण गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभएको क्लालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.