सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतको मनोरञ्जन पार्कमा आगलागी हुँदा मृत्यु हुनेको संख्या २८ पुग्यो


  •    न्युजभित्तो/१४ जेष्ठ २०८१, सोमबार १५:०७ 
  • भारत, १४ जेठ । भारतको पश्चिमी राज्य गुजरातमा शनिवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २८ पुगेको स्थानीय दमकल विभागका अधिकारीले आईतवार बताएका छन् ।

    मृत्यु हुनेमा नौ जना बालबालिका रहेका छन् । राज्यको राजकोट जिल्लामा रहेको टीआरपी गेम जोन नामक मनोरञ्जन पार्कमा आगलागी भएको हो । आगलागीको कारण औपचारिक रुपमा खुल्न सकेको छैन तर मनोरञ्जन पार्क भित्र वेल्डिङको काम वा सर्ट सर्किटका कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ ।

    त्यसपछि विभिन्न गेमिङ मेसिनहरू इन्धनको लागि राखिएको डिजेलको ठूलो स्टकले थप त्रासदी निम्त्यायो । दुर्घटनापछि, गेम जोनका मालिकहरूलाई पक्राउ गरिएको छ । मिडिया रिपोर्टका अनुसार मनोरञ्जन पार्क अस्थायी संरचनाले बनेको थियो र ज्वलनशील पदार्थहरू भण्डारण गर्न पर्याप्त हेरचाह गरिएको थिएन। प्रदेश सरकारले छानबिनका लागि विशेष छानबिन टोली गठन गरेको छ । न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.