सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारत र पाकिस्तानका विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन प्रभावित


  •    न्युजभित्तो/१३ जेष्ठ २०८१, आईतवार १३:३० 
  • काठमाडौँ, १३ जेठ । भारत र पाकिस्तानमा विभिन्न ठाउँमा तातो हावाको लहरले जनजीवन कष्टकर भएको छ । हिजो भारतको राजस्थान राज्यको बरमर शहरको तापक्रम ४८ दशमलव ८ डिग्री सेल्सियस पुग्यो । उत्तर भारतका धेरै ठाउँको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि पुगेको मौसम विभागका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ ।

    दिल्लीमा एक हप्ताभर अधिकतम तापक्रम ४५ देखि ४६ डिग्री सेल्सियसमा रहेको छ । पाकिस्तानमा पनि पन्जाब र सिन्ध प्रान्तमा तातो लहरका कारण अवस्था खराब रहेको अधिकारीहरूले बताएका छन् । पाकिस्तानका कतिपय ठाउँमा अधिकतम तापक्रम ५० डिग्रीको आसपासमा पुगेको छ ।

    भारतको मौसम विभागले तातो हावाको लहर आउँदो बुधवारसम्म जारी रहन सक्ने जनाएको छ । चिसो बनाउनका लागि ऊर्जा खपत बढ्दा बिजुली आपूर्तिमा समेत समस्या आएको छ । भारत र पाकिस्तानका अस्पतालहरूमा गर्मीका कारण हुने बिरामीको सङ्ख्या बढेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.