सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेमल आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गयो


  •    न्युजभित्तो/१५ जेष्ठ २०८१, मंगलवार ११:०३ 
  • काठमाडौँ, १५ जेठ । भारत र दक्षिणी बङ्गदेलाशको तटीय क्षेत्रमा आएको रेमल नामको आँधीका कारण अहिलेसम्म १६ जनाको ज्यान गएको छ । आँधीका कारण धेरै भौतिक संरचनामा क्षति पुगेको छ । कयौँ घर ध्वस्त भएका र रुखहरु ढलेका छन् । विद्युत लाइनमा क्षति पनि पुगेको बीबीसीले जनाएको छ ।

    यो बीचमा केही डुबेर, केहीको करेन्ट लागेर र केहीको भत्किएका घरमुनि पुरिएर ज्यान गुमाएको हो । बङ्गदेलादेशको मोङ्ला बन्दरगाह र भारतको पश्चिम बङ्गालको सागर टापु आसपासका क्षेत्रमा एक सय १० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरी, मुसलधारे वर्षा र ज्वारभाटाका कारण तल्लो तटीय क्षेत्र जलमग्न भएको थियो ।

    अस्ति आइतवार बेलुकादेखि सक्रिय आँधीका कारण झण्डै १० लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । स्थानीय अधिकारीहरुकाअनुसार ३६ लाख बालबालिकासहित झण्डै ८४ लाख मानिस चक्रवातबाट प्रभावित भएका छन् । आइतवार आएको आँधी हिजो सोमवारदेखि भने केही कमजोर भएको भारतको मौसम विभागले जनाएको छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.