काठमाडौं, १० जेठ । भारतमा बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालिएको छ। पूर्वी भारतको झारखण्ड राज्यका अधिकारीले हिजो (बुधबार) बर्डफ्लूको प्रकोपपछि कुखुरा तथा हाँस मार्न थालेका बताएका हुन् ।
पशुपालन विभागका र्यापिड रेस्पोन्स कर्मचारीले मोराबादी क्षेत्रको कुखुरा फार्ममा हालसम्म सात सय ७० हाँससहित नौ सय २० पक्षी मारिएको अधिकारीहरूले बताए । कुखुरा फार्ममा रहेका चार हजार तीन सय अण्डा पनि कर्मचारीले नष्ट गरेका छन् ।
त्यस्तै झारखण्डको राजधानी सहर राँचीमा रहेको सरकारी पोल्ट्री फार्ममा बर्डफ्लुका बिरामी फेला परेपछि स्थानीय सरकारी अधिकारीले सतर्कता अपनाएका छन् ।