सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार लामिछाने कांग्रेसमा प्रवेश


  •    न्युजभित्तो/१५ बैशाख २०७८, बुधबार १५:२७ 
  • चितवन १५ वैशाख । स्थानिय तहको निर्वाचन २०७४ मा रत्ननगर नगरपालिकाको वडा नं १६ बाट माओवादी केन्द्रका तर्फबाट वडा अध्यक्षका उम्मेदवार पुरुषोत्तम लामिछाने नेकपा माओवादी केन्द्र परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन । आज एक कार्यक्रमका बिच नेपाली कांग्रेस चितवनका जिल्ला सभापति जितनारायण श्रेष्ठले लामिछानेलाई आफ्नो पार्टीमा स्वागत गर्दै पार्टीको सदस्यता रसिद हस्तान्तरण गर्नुभएको हो ।

    नव प्रवेशी लामिछानेले कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एक आपसको झगडाले आँफुलाई लज्जित तुल्याएको बताउनुभयो । कम्युनिष्ट पार्टीको एकता र स्थायित्वको सरकार बनेपछी मुलुक बिकासको बाटोमा तिव्र गतिले अघी बढ्ला भन्ने आम जनताको इच्छामा तुषारापात भएको एवं यो व्यवस्था स्थापना गर्न बलिदानी गरेका शहीदको सपनामा गद्दारी भएको आँफुलाई महशुस भएको बताएका छन । लामो ईतिहास बोकेको र नेपाली जनतालाई आजका मिती सम्म धोका नदिएको नेपाली कांग्रेसलाई आँफुले अंगाल्न पाँउदा निक्कै खुशी लागेको बताउनुभयो । अब आफु दृढताका साथ मुलुकको समृधीका लागि यही पार्टिले अंगिकार गरेको सिद्धान्त अनुरुप समाहित हुने प्रण पनि गर्नुभयो ।

    नेपाली कांग्रेस चितवनको पार्टी कार्यालय कमलनगरमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशी, सह सचिव सुर्य अर्याल, रत्ननगर नगर सभापति रुपनराज घिमिरे, रत्ननगर १४ का पार्टी सभापति कमलनाथ अधिकारी, रत्ननगर १६ का पार्टी सभापति नेत्रप्रसाद घिमिरे एवं पुर्व महासमिती सदस्य तथा पार्टीका अग्रज जयन्तकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.