सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पोखरीमा डुबिरहेको अवस्थामा एक किशोर मृत फेला


  •    न्युजभित्तो/१६ बैशाख २०७८, बिहीबार १३:५१ 
  • उदयपुर, १६ वैशाख  । त्रियुगा नगरपालिका–४ बगाहामा बुधबार ३ः०० बजे पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट हिँडेका एक किशोर साँझ बगाहा नजिकै जङ्गलमा रहेको पोखरीमा मृत फेला परेका छन् ।

    जिल्ला प्रहरी कार्यलयका अनुसार यसरी पोखरीमा डुबेर मृत फेला परेका किशोर त्रिनपा–४ का १५ वर्षीय विवेक ढकाल रहेका छन् । जङ्गलको पोखरीमा पौडी खेल्न जान्छु भनेर घरबाट एक्लै हिँडेका ढकाल साँझसम्म पनि घर नआएपछि घरपरिवारसहित स्थानीयवासीले प्रहरीलाई जानकारी गराएर व्यापक खोजी गरेको प्रहरीले जनाएको छ ।

    खोजी गर्ने क्रममा राति ढकालको कपडा जङ्गलको पोखरीको डिलमा फेला परेको र पोखरीमा खोजी गर्दा ढकालको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । अहिले ढकालको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ भने उनको मृत्युबारे अनुसन्धान थालेको प्रहरीले जनाएको छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.