समाज
रसुवा, २८ वैशाख । कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै गए रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । अत्यावश्यक कामबाहेक घरबाट...
काठमाडौँ, २८ वैशाख । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) ले कोरोनाको पीसीआर परीक्षण स्थगित गरेको छ । अस्पतालले विशेष कारणबस पीसीआर परीक्षण स्थगित गर्नुपरेको जनाएको छ । ‘विशेष कारणबस अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिदै आएको पीसीआर...
लमजुङ, २८ वैशाख । प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको...
कञ्चनपुर, २८ वैशाख । निशेषाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६०...
काठमाडौँ, २८ वैशाख । आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार...
सप्तरी, २८ वैशाख । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय सत्यनारायण मण्डल र उहाँकी श्रीमती ४० वर्षीया सुनीतादेवी मण्डलको मृत्यु भएको सप्तरी...
दमौली, २८ वैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मस्र्याङ्दी जलविद्युत् केन्द्रले आँबुखैरेनी गाउँपालिकालाई सिलिण्डर हस्तान्तरण गरेको छ । कोभिड सङ्क्रमण बढेपछि बजारमा अक्सिजन सिलिण्डर अभाव भएकाले केन्द्रले मर्मत प्रयोजनका लागि भण्डार गरी राखेको १२ थान ठूलो सिलिण्डर गाउँपालिकालाई हस्तान्तरण गरेको...
काठमाडौँ, २८ वैशाख । नेपाल सुपर लिग (एनएसएल) को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन् । आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ । यसका लागि आज पराजित हुने टोलीले...
टोकियो, २८ वैशाख । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो । जापानका लागि नेपाली राजदूत...
दार्चुला, २८ वैशाख । महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र...














