सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

१५ खानेपानी आयोजना सम्पन्न


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १२:०३ 
  • लमजुङ, २८ वैशाख । प्रदेश सरकारद्वारा सञ्चालन गरिएको खानेपानी आयोजनामध्ये १५ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् । बेँसीशहर नगरपालिका–८ मा रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङद्वारा सञ्चालन भएको ५० योजनामध्ये १५ वटाको काम सकिएको हो ।

    प्रदेश सरकारको चालु आव २०७७/७८ मा सञ्चालन भएका ५० योजनाका लागि रु ११ करोड ६० लाख ५० हजार बजेट विनियोजन गरिएको थियो । एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालका अनुसार सम्पन्न भएका योजनाहरूमा रु २४ लाख लागतको दोर्दी गाउँपालिका–२ को अर्चलबोट खानेपानी आयोजना रु ३५ लाख बजेटमा क्व्होलासोंथर गाउँपालिका–७ भोजेको भोजे खानेपानी आयोजना सम्पन्न भएको छ ।

    त्यस्तै रु १२ लाख लागतको मध्यनेपाल नगरपालिका–८ को कल्याणबेँसी खानेपानी योजना, रु १६ लाख लागतको बाग्रबेँसी चनौटेटोल खानेपानी योजना, मस्र्याङ्दी गाउँपालिका–१ र २ को घनापोखरा खानेपानी आयोजना रु १२ लाखमा सम्पन्न भएको छ । त्यस्तै, दोर्दी गाउँपालिका–८ बन्सार खानेपानी आयोजना रु ३७ लाख लागत, राइनास नगरपालिको राइनास बृहत् खानेपानी आयोजना रु ३२ लाख ५० हजार बजेट, बेँसीशहर नगरपालिका–४ को हिले खानेपानी आयोजना र चरागाउँ खानेपानी आयोजनाको काम सकिएको छ ।

    मस्र्याङ्दी गाउँपालिका–४ को मिप्रा स्याँगे खानेपानी आयोजना रु १२ लाखमा काम सकिएको छ । त्यस्तै, क्व्होलासोंथर गाउँपालिका–६ को पसगाउँ खानेपानी आयोजना रु ३७ लाख बजेटमा, १२ लाखमा बेँसीशहर नगरपालिका–२ मा असिमुरे खानेपानी आयोजना, १२ लाखमा सुन्दरबजार नगरपालिका–५ खरिभञ्ज्याङ खानेपानी आयोजना, ३६ लाखमा मध्यनेपाल नगरपालिका–३ को सूर्यपाल एक घर एक धारा खानेपानी आयोजना र सुन्दरबजार नगरपालिका–८ को बलिथुम खानेपानी आयोजना, सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखा एकाइ कार्यालय लमजुङले जनाएको छ ।

    बाँकी अन्य निर्माणाधीन आयोजनासमेत अन्तिम चरणमा पुगेको एकाइ कार्यालयका प्रमुख इन्जिनीयर शम्भुराज खनालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारबाट हस्तान्तरण भएका योजनाहरू सङ्घीय ससर्त अनुदानका २५ योजनामध्ये नौवटा आयोजनाहरुसमेत सम्पन्न भइसकेको छ । बाँकी आयोजनाका कामसमेत तीव्र गतिमा अघि बढिरहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.