सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महाकाली नदी दुर्गन्धित बन्दै


  •    न्युजभित्तो/२८ बैशाख २०७८, मंगलवार १०:१२ 
  • दार्चुला, २८ वैशाख । महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहरले नदी दुर्गन्धित बन्दै गएको छ ।

    अहिले प्रदूषणकै कारण नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् । “सदरमुकाम खलङ्गाको किनारका बस्तीका सबै फोहर नदीमै जान्छ”, स्थानीयवासी वीरसिंह धामीले भन्नुभयो, “खलङ्गाको बङ्गाबगडबाट किम्तडी नजिकसम्म हे¥यो भने फोहर जताततै भरिएको छ ।”

    बजार क्षेत्रको फोहर महाकालीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले महाकाली नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो । कुहिने नकुहिने सबै प्रकारका फोहर महाकालीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो । खासगरी बङ्गाबगडबाट पुलघाट तथा किम्ती नजिकैको छेउमा फोहरको थुप्रो फालिएको छ ।

    सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट किम्तडी क्षेत्रसम्म जथाभावी फोहर फाल्ने गरेका कारण नदी दुर्गन्धित बनेको छ । दाहसंस्कार स्थलमा मृतकका लुगाकपडा तथा अन्य सामग्री फाल्दा झनै दूषित बनेको छ । “फोहरमैला र ढल निकासका कारण नदी दूषित बन्दै गएको छ”, सङ्कल्प दार्चुलाका कार्यक्रम संयोजक नारायण जोशीले भन्नुभयो, “यसले जलचर प्राणीलाई पनि असर पु¥याएको छ । मानवबस्ती भएका क्षेत्रमा नदी अझ बढी दूषित भएको छ ।” वातावरणमा परेको असरले सिङ्गो जलचर प्राणी मात्र नभई मानव स्वास्थ्यमा गम्भीर असर परेको उहाँको भनाइ छ ।

    महाकाली नदी नियन्त्रण आयोजनाका अनुसार सदरमुकाम खलङ्गाको बङ्गाबगडबाट नमस्कार तलैसम्म नदी किनारमा फोहरैफोहर छ । बढदो शहरीकरण र बस्ती विकासका कारण भारततर्फ पनि महाकालीमा प्रदूषण निकै बढेको स्थानीयवासी बताउँछन् । पटक–पटक गरिएको नदीको स्वच्छता परीक्षणका क्रममा महाकालीको पानीमा कोलिफार्म बढ्दै गएको छ । यसबाहेक क्षारीयपन, एमोनियम र नाइट्रेडको मात्रा पनि बढ्दो छ ।

    नदी किनारका बासिन्दाले शौचालयको पाइप सोझै नदीमा मिसाउँदा प्रदूषण बढेको महाकाली नदी नियन्त्रण आयोजनाका कर्मचारी करनसिंह धामी बताउनुहुत्छ । “तटबन्धको काम भइरहेका बेला स्थानीयवासीको घरको दिसा मिसाइएको, ढलदेखि मदिराका बोतल प्लाष्टिकजन्य वस्तु सिधै नदीमा मिसाइएको देखिन्छ”, धामीले भन्नुभयो, “कयौँ घरको शौचालयको सेफ्टीट्याङ्की अहिले पनि छैनन् । तटबन्ध निर्माणका क्रममा हामीले केही व्यक्तिलाई तटबन्धभित्रै सेफ्टीट्याङकी बनाउन भनेका छाँै । मदिराका बोतल जथाभावी फालिएका देखिन्छन् ।” काम गराउनै निकै मुस्किल हुने गरी स्थानीयवासीले तटबन्ध छेउछाउमा फोहर जम्मा गरेको धामीको भनाइ छ ।

    वातावरणविज्ञ कृष्णदेव जोशी महाकाली नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने सुनाउनुहुन्छ । “घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ । यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ”, उहाँले भन्नुभयो, “यसतर्फ सबैले समयमै सोच्नुपर्छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भोटेकोशी विपद् प्रभावित परिवारसम्म हाम्रो यात्रा: मानवीय सेवाको एउटा सानो प्रयास
    नारायणगढ–मुग्लिन सडक सोमाबरदेखि आंशिक बन्द
    नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • ‘दैनिक ८५ हजार लिटर वृद्धि गरी एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने डिडिसीको लक्ष्य’
    • बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    • कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    • विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.