समाज

पूर्वप्रदेश प्रमुख भन्छन् : पटक-पटक संसद विघटनले संविधानको जीवन क्षय हुन्छ
-न्युजभित्तो

 काठमाडौं,१७ जेठ । पूर्व प्रदेश प्रमुखहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीको मिलेमतोमा प्रतिनिधिसभा पटक-पटक विघटन गर्ने कार्यले संविधानको जीवन क्षय हुने बताएका छन् । प्रदेश-१ का पूर्वप्रमुख गोविन्दबहादुर तुम्वाहाङ, गण्डकीका पूर्वप्रमुख बाबुराम कुँवर र कर्णाली प्रदेशका पूर्वप्रमुख दुर्गाकेशर...

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने
-न्युजभित्तो

धरान, १७ जेठ । धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख...

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु
-न्युजभित्तो

दार्चुला, १७ जेठ । अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । यार्सागुम्बा सङ्कलनका लागि...

चीनद्वारा ८०० थान अक्सिजन सिलिन्डरसहित थप स्वास्थ्य सहायता प्रदान
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । कोरोनाभाइरस महामारीविरुद्ध चीनको तिब्बतले नेपाललाई थप स्वास्थ्य सहायता उपलब्ध गराएको छ । तातोपानी सीमा नाकामा तिब्बती अधिकारीहरुले नेपाली पक्षलाई ती स्वास्थ्य सामाग्री हस्तान्तरण गरे । जसमा ८०० थान अक्सिजन सिलिन्डर, १० थान अक्सिजन कन्सनट्रेटर, ५ थान भेन्टिलेटर, २००...

सुनको मूल्य तोलामा दुई सयले बढ्यो
-न्युजभित्तो

काठमाडौं,१७ जेठ । सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ । आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको...

राष्ट्रियसभा उपचुनावको परिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने
-न्युजभित्तो

रूपन्देही, १७ जेठ । लुम्बिनी प्रदेशअन्तर्गतको रिक्त राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि जारी मतदान दिउँसो ३ बजेसम्म रहनेछ । कोरोना महामारीको उच्च जोखिमका कारण...

भेन्टिलेटर र आइसियु प्रयोगमा आउन सकेन
-न्युजभित्तो

म्याग्दी, १७ जेठ । जिल्ला सदरमुकामस्थित बेनी अस्पतालमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटर पूर्णरूपमा प्रयोगमा आउन सकेको छैन । जनशक्ति अभावका कारण गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको आइसियु सञ्चालन गर्न समस्या भएको हो ।...

विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु
-न्युजभित्तो

चितवन, १७ जेठ  । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ । बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो ।...

आठ कैदीबन्दीको कैद मिनाहा
-न्युजभित्तो

तनहुँ,१७  जेठ ।  गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट गणतन्त्र दिवस २०७८ का अवसरमा कैद मिनाहा गरिएको हो । कैद मिनाहा हुनेमा...

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान
-न्युजभित्तो

रुपन्देही,१७ जेठ । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो एक बजे प्रदेशसभा बैठक आह्वान गरेका प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेश सरकारले बजेटको तयारी गरिरहेका...