सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विद्यार्थीको वार्षिक नतिजा तयार गर्दै विद्यालयहरु


  •    न्युजभित्तो/१७ जेष्ठ २०७८, सोमबार ११:१७ 
  • चितवन, १७ जेठ  । कोरोना भाइरस सङ्क्रमणका कारण विद्यालयहरु बन्द भएपछि यसअघि लिइएका परीक्षा र आन्तरिक मूल्याङ्कनबाट वार्षिक नतिजा प्रकाशन गरिने भएको छ ।

    बाल कक्षादेखि कक्षा ९ सम्मका विद्यार्थीको वार्षिक परीक्षाको नतिजा यही जेठ मसान्तभित्र गर्न लागिएको हो । शिक्षा विकास तथा समन्वय एकाइ चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार विद्यालयले लिएको प्रथम त्रैमासिक परीक्षामा प्राप्त अङ्कको २० प्रतिशत र दोस्रो परीक्षामा प्राप्त अङ्कको ६० प्रतिशत अङ्क दिइने छ । बाँकी २० प्रतिशत विद्यार्थीको निरन्तर मूल्याङ्कनबाट अङ्क राखिने छ ।

    विद्यार्थीको नियमित क्रियाकलाप, विभिन्न परियोजना, शिक्षक शिक्षिकाले विद्यार्थी र अभिभावकसँग गरिएका कल रिपोर्ट, अनलाइन परीक्षा लिएको भए त्यसमा प्राप्त अङ्कलगायतबाट २० अङ्क दिन लागिएको सुवेदीले जानकारी दिनुभयो । यही जेठ २५ गतेभित्र कक्षा ८ का विद्यार्थीको अङ्क सम्बन्धित पालिकामा पठाउन भनिएको छ । पालिकामार्फत कक्षा ८ को नतिजा सार्वजनिक गरिने छ । अन्य कक्षाको जेठ मसान्तभित्र नतिजा सार्वजनिक गर्न परिपत्र गरिएको सुवेदीले बताउनुभयो ।

    जिल्लाका निजी र केही सरकारी विद्यालयले निषेधाज्ञाको समयमा भर्चुअल माध्यमबाट परीक्षा र पढाइसमेत गरेका छन् । जिल्लामा ३२३ सामुदायिक र २१६ संस्थागत विद्यालय छन् । ती विद्यालयमध्ये सामुदायिकमा ७७ हजार ३३९ र संस्थागतमा ५७ हजार ४६३ विद्यार्थी अध्ययनरत छन् । नतिजा प्रकाशनसँगै आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र शुरु हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.