समाज
धनगढी,२३ जेठ । प्रहरीले लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ७ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ५ र कैलालीमा २ जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका...
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभा विरुद्ध परेका रिटमाथि सुनुवाइकालागि संवैधानिकइजलास पुर्नगठन भएको छ । पुर्नगठित संवैधानिक इजासलमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन्– प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई छन् । यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन...
झापा, २३ जेठ । नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ । स्काउट प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु...
बैतडी, २३ जेठ । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि स्थगन भएका सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा र पठनपाठन कार्य वैकल्पिक माध्यमबाट सञ्चालन हुने भएका छन् । विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले गरेको निर्णयानुसार रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट हुने भएका हुन् । स्नातक तह दोस्रो,...
काठमाडौँ, २३ जेठ । दोस्रो लहरमा तीव्र गतिमा फैलिएको कोभिड–१९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या र मृत्युदरको ग्राफ अस्वाभाविकरूपमा बढिरहेको समयमा अत्यावश्यक स्वास्थ्य सामग्री चीनबाहेक अरु मुलुकबाट तत्काल प्राप्त गर्न निकै कठिन थियो । महामारी उच्च विन्दुमा रहेका बेला नेपाल सरकार...
राँझा, २३ जेठ । कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला...
काठमाडौं,२३ जेठ । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा आज सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आज सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो । संवैधानिक इजलासमा रहेका न्यायाधीश तेजबहादुर केसी...
गोरखा, २३ जेठ । यहाँस्थित गोरखनाथ मन्दिरमा गुरु गोरखनाथलाई सवा लाख रोट अर्पण गरिएको छ । गोरखा दरबार परिसरमा गुरु गोरखनाथको मनपर्ने खाद्य परिकारका रुपमा लिइने रोट चढाउने परम्परालाई निरन्तरता दिँदै निषेधाज्ञाका बीच स्वास्थ्य मापदण्डको पालना गरी गोरखनाथलाई रोट...
चितवन, २२ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्काे एक गम्भीर घाईते भएका छन् । उक्त सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९ घुमाउनेमा दुर्घटना भएको हो । जिल्ला प्रहरी...
चितवन, २२ जेठ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहात वितरण तथा अवस्थाको सर्वेक्षण गर्ने भएको छ । संगठनले विभिन्न समिति गठन गरी राहात वितरण तथा सर्वेक्षण गर्न लागेको हो । चौतारी चितवनले राहात...











