सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रमजीवि पत्रकारसँग प्रेस चौतारी चितवन : राहात वितरण र अवस्था सर्वेक्षण गर्ने


  •    न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार २०:२२ 
  • चितवन, २२ जेठ । प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले कोरोना कहरले समस्यामा परेका पत्रकारहरूलाई राहात वितरण तथा अवस्थाको सर्वेक्षण गर्ने भएको छ । संगठनले विभिन्न समिति गठन गरी राहात वितरण तथा सर्वेक्षण गर्न लागेको हो ।

    चौतारी चितवनले राहात वितरण गर्न तिलकराम रिमालको संयोजकत्वमा मनोज घिमिरे, गोविन्द घिमिरे, मुकुन्द भूषाल, विकास पौडेल र रविना पौडेल रहेको ७ सदस्यीय समिती गठन गरेको हो । सो समितिले कोरोना कारण समस्यामा परेका जिल्लाका क्रियाशील पत्रकारहरूको अवस्थाको पहिचान र मूल्याङ्न गरी संगठनकातर्फबाट राहात उपलब्ध गराउने छ ।

    प्रेस चौतारी चितवनले कोरोना कहरमा चितवनका पत्रकारहरूको अवस्था, उनीहरूको भोगाई तथा अवस्थाका विषयमा सर्वेक्षण गर्ने भएको छ । सो कार्यका लागि शालिग्राम नेपाल नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । सो समितिमा प्रतिमा सिलवाल, सन्तकुमार चौधरी, मधुसुदन दवाडी, सचिन भट्टराई, आनन्द पोखरेल रहनुभएको छ ।

    कोरोनाले जिल्लाका पत्रकारहरूलाई पारेको प्रभावका बारेमा गरिने सर्वेक्षणले पत्रकार सम्वद्ध निकायलाई नीति निर्माण र खास समस्याको ध्यानाकर्षण गराउन सहज हुने विश्वास संगठनले लिएको छ । प्रेस चौतारी चितवनले पत्रकार महासंघमा आवद्ध भएका पत्रकार तथा आवद्ध नभएका तर क्रियाशील सबै पत्रकारहरूलाई सर्वेक्षणमा सहभागी भई सहयोग गरिदिन अपिल गरेको छ ।

    चौतारी चितवनले चितवनका सञ्चारमाध्यममा कोरानाले पारेको प्रभावका बारेमासमेत सर्वेक्षण गर्ने भएको छ । त्यसका लागि रामकान्त पौडेल संयोजक रहेको ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा कोमलचन्द्र भगत, शान्ता अधिकारी, लक्ष्मण गौतम, दीपेन्द्र अधिकारी, अमित काफ्ले र सञ्जय चौधरी रहनुभएको छ । समितिले जिल्लाका पत्रपत्रिका, एफएम, टेलिभिजन तथा अनलाइनहरूको अवस्थाका बारेमा सर्वेक्षण गर्नेछ । प्रेस चौतारीले श्रमजीवि पत्रकारका पक्षमा सधैं क्रियाशील रहँदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.