सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक र मोटरसाईकल ठोक्किदा एकको मृत्यु, एक गम्भीर


  •    न्युजभित्तो/२२ जेष्ठ २०७८, शनिबार २१:२१ 
  • चितवन, २२ जेठ । नारायणगढ–मुग्लिन सडक खण्डमा आज ट्रक र मोटरसाईकल ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने अर्काे एक गम्भीर घाईते भएका छन् । उक्त सडक खण्डको भरतपुर महानगरपालिका वडा नं. २९ घुमाउनेमा दुर्घटना भएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर १० रमाईलोचोक बस्ने ३५ वर्षिय बिनोद अधिकारी रहेका छन् । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार भरतपुर २९ जुगेडी बस्ने बर्ष २७/२८ का मनोज थापा क्षेत्री गम्भीर घाईते भएका छन् । उनको भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको ना ५ ख ८१५५ नम्बरको (सिमेन्ट लोड) ट्रक र बिपरित दिशाबाट आई रहेको बा ४८ प ८८३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाएका हुन् । प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेका छन् । उनको खोजी भईरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.