सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ७ जना पक्राउ


  •    न्युजभित्तो/२३ जेष्ठ २०७८, आईतवार ११:०७ 
  •  धनगढी,२३ जेठ । प्रहरीले लागुऔषधसहित कैलाली र कञ्चनपुरमा ७ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ५ र कैलालीमा २ जनालाई लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले विशेष सूचनाका आधारमा खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट ५ जनालाई पक्राउ गरिएको जानकारी दिए ।

    दोधाराचाँदनी नगरपालिका-१ बाट भारतको उत्तराखण्ड राज्यको जिल्ला चम्फावत ग्राम भजनपुरका २१ वर्षीय अमन चन्दलाई ११.८७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको उनले बताए । उनी सवार भारतीय युके०६एइ९७५८ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ ।

    दोधाराचाँदनी नगरपालिका-६ का १८ वर्षीय आदीप मगर र सोहीका ठाउँका १८ वर्षकै सार्थक शर्मालाई ६० मिलिग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको हो भने उनीहरु सवार सुप प्रदेश०२००३प ३८०० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।

    पुनर्वास नगरपालिका-६ ‘ङ’ गाउँका २३ वर्षीय मनोज सुनार र कैलालीको गोदावरी नगरपालिका-४ बस्ने २३ वर्षीय तेज विकलाई पनि पक्राउ गरिएको छ । उनीहरुको साथबाट नेट्राभेट ३४ ट्याबलेट र स्पामोबोका प्लस १८ ट्याबलेट बरामद गरिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

    कैलाली प्रहरीले भजनी नगरपालिकाबाट लागू औषधसहित २ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ३० ग्राम खैरो हिरोइनसहित बर्दगोरिया गाउँपालिका १ का २५ वर्षीय धिरेन्द्र बम र सोही ठाउँमा २४ वर्षीय डबल भुललाई पक्राउ गरिएको जानकारी दिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.