समाज
हुम्ला, २६ जेठ । सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईका नेतृत्वमा सदरमुकाम सिमकोट बजारमा गरिएको अनुगमनमा म्याद नाघेका रु एक लाख बराबरका खाद्य सामग्री नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय र घरेलु उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त...
रौतहट ,२६ जेठ । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् । बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर...
वीरगञ्ज, २६ जेठ । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी...
झापा, २६ जेठ । विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा...
काठमाडौँ, २६ जेठ । राष्ट्रियसभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेयलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा अध्यक्षसमक्ष नवनिर्वाचित सदस्यले शपथ लिनुएको हो । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले उहाँलाई बधाई दिँदै राष्ट्रियसभा...
झापा, २६ जेठ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेशमा कार्यरत सम्पूर्ण पत्रकारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाइने बताउनुभएको छ । प्रदेशका पत्रकार अगुवासँग प्रेस काउन्सिल नेपालले आज बिहान गरेको भर्चुअल बैठकमा उहाँले पत्रकारका लागि खोपको...
चितवन, २६ जेठ । जिल्लामा जारी निषेधाज्ञा असार ३ गतेसम्मका लागि थप भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलााल लामिछानेले आज जारी गर्नुभएको निषेधाज्ञामा असार ३ गतेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिईएको हो । यस अघि जेठ १५ गतेदेखि जेठ २७...
दुल्लु ,२६ जेठ । दैलेखको प्रसिद्ध तीर्थस्थल मानिएको दुईवटा ज्वाला निरन्तर बलिरहने पञ्चकोशीधाममध्येको एक शक्तिपीठ नाबिस्थान मन्दिरको पुनः निर्माण कार्यको काम थालिएको छ । पुरातत्व विभागबाट रु ४० लाख रकम विनियोजन भएपछि नाबिस्थान मन्दिर पुनःनिर्माण हुन लागेको हो । निषेधाज्ञाको...
पाँचथर,२६ जेठ । पाँचथर समाज, काठमाडौँले जिल्लाका स्थानीय तहहरूलाई रु १३ लाख बढी मूल्यका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । समाजका सदस्यहरू तथा दाताहरूबाट सङ्कलित रकमबाट खरिद गरिएका अक्सिजन कन्सन्ट्रेटर, एण्टिजेन किट, मास्क, पल्स अक्सिमिटर, पीपीईलगायत सामग्री समाजले जिल्लाका...
काठमाडौँ, २६ जेठ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गर्नुभएको छ । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा...











