सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

स्रोत नखुलेको पौने ३१ लाख रुपैयाँसहित दुईजना भारतीय पक्राउ


  •    न्युजभित्तो/२६ जेष्ठ २०७८, बुधबार १५:२६ 
  • रौतहट ,२६ जेठ । स्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार कलवार र सुरज कलवार रहेका छन् ।

    बीआर ०५ आर४५२१ नम्बरको भारतीय मोटरसाइकल चढेर आउँदै गरेको समयमा परोहा नगरपालिका–९ रामपुरखापमा चकेजाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँ बरामद भएको रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहले बताए ।

    प्रहरीका अनुसार पक्राउ परेका बन्टी कुमारले उक्त रकम राजपुरको एक चिमनी भट्टामा पुर्‍याउन आएको बताएका छन् । बरामद भएको उक्त रकमबारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

    एक करोड रुपैयाँभन्दा बढी रकम बरामद

    नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले चालु आर्थिक वर्षमा एक करोड रुपैयाँभन्दा बढी स्रोत नखुलेको रकम बरामद गरेको छ ।

    भारतीय सीमा क्षेत्रबाट नेपाल भित्र्याउँदै गरेको अवस्था १ करोड १७ लाख ८६ हजार रुपैयाँ स्रोत नखुलेको रकम बरामद भएको शाहले बताए । प्रहरीको चेकजाँचका क्रममा ९ पटक यसरी श्रोत नखुलेका रकम बोक्ने गिरोहका १२ जना पक्राउ परेको उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ
    • जापानी स्वाददेखि दक्षिण एसियाली परिकारसम्म, भरतपुरमा खुल्यो ‘चित्वन स्पाईसी हर्ब’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.