समाज

कोरोना गार्ड’ प्रयोग नगर्न मन्त्रालयको आग्रह
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना गार्ड’ प्रयोग नगर्न आग्रह गरेको छ । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्ने र निष्प्रभावी बनाउने जनाउँदै बिक्रीमा ल्याइएको कोरोना गार्ड नकिन्न आग्रह गरेको हो...

मोटरसाइकल दुर्घटनामा वडासदस्यको निधन
-न्युजभित्तो

मङ्गलबारे, ३१ असार । मोटरसाइकल दुर्घटनामा परी इलाममा एक वडासदस्यको मृत्यु भएको छ । बुधबार साँझ दुर्घटनामा पर्नुभएका ३६ वर्षीय धनबहादुर राईको उपचारका क्रममा मृत्यु भएको हो । इलाम माङसेबुङ गाउँपालिका–४ मार्चेबुङका सदस्य राई दमक रवि सडकखण्डमा दुर्घटनामा पर्नुभएको हो...

प्रदेश नम्बर १ मै पहिलो ‘कृषि होमस्टे’ बन्यो गौरादहमा
-न्युजभित्तो

झापा, ३१ असार । गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारी खेतीले ५० जना अट्ने क्षमताको वातानुकूलित नमूना घरबास (होमस्टे) बनाएको छ । प्रदेश नम्बर १ मै पहिलोपटक कृषि सहकारीले रु एक करोड २० लाखको लागतमा कृषि पर्यटन प्रवद्र्धनका...

सामाजिक सुरक्षा भत्ताको रु ३९ लाख चोरी
-न्युजभित्तो

बझाङ, ३१ असार । बुङ्गल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको रु ३९ लाख मङ्गलबार...

पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो
-न्युजभित्तो

भजनी, ३१ असार । टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थाल्नुभएको धेरै भएको छैन । छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उहाँलाई निकै चिन्ता हुन्थ्यो । उहाँको त्यो चिन्ता धेरै दिन...

देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् दमककी सेलिया
-न्युजभित्तो

दमक, ३१ असार । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम हुनुभएको छ । सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो...

“नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी बिरामीमा कलेजो प्रत्यारोपण
-न्युजभित्तो

चितवन, ३१ असार । चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । यस कलेजमा गरिएको यो दोस्रो कलेजो प्रत्यारोपण हो । कलेजले आज पत्रकार सम्मेलनको...

पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा
-न्युजभित्तो

काठमाडौँ, ३१ असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत निजी आवास पुनःनिर्माणमा खटिएका प्राविधिकको सञ्चार तथा यातायात खर्च निकासा भएको छ । भूकम्प प्रभावित ३२ जिल्लामा खटिएका प्राविधिकले चालू आर्थिक वर्ष २०७७÷७८ को साउन महिनादेखि पाउन बाँकी रु आठ करोड ३४ लाख...

चितवनमा बिरामी बढेसँगै रगतको अभाव
-न्युजभित्तो

चितवन, ३१ असार  । जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि...

टोखाका सिकाइ केन्द्रमा ‘निःशुल्क इन्टरनेट सेवा’
-न्युजभित्तो

काठमाडौँ, ३० असार । टोखा नगरपालिकाले विद्यार्थीको सिकाइ सहज बनाउनका लागि ‘निःशुल्क इन्टरनेट सेवा’ प्रदान गरेको छ । विश्वका विभिन्न मुलुकसँगै नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द रहेको अवस्थामा इन्टरनेटको माध्यमबाट पठनपाठन गराउनका लागि टोखाले...