सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पढाइ शिविर र रुपान्तरण कक्षामा आकर्षण बढ्दो


  •    न्युजभित्तो/३१ असार २०७८, बिहीबार १२:०९ 
  • भजनी, ३१ असार । टीकापुर नगरपालिका–७ की सीता चौधरीले छोरालाई पढाइ शिविरमा पढाउन थाल्नुभएको धेरै भएको छैन ।

    छोराले अध्ययनमा भन्दा साथीसँग बढी घुलमिल हुने र पढाइमा ध्यान दिन छाडेपछि उहाँलाई निकै चिन्ता हुन्थ्यो । उहाँको त्यो चिन्ता धेरै दिन रहेन ।

    नयाँ बिहानी पढाइ शिविरमा छोरालाई पढाउन पठाएपछि छोरामा आएको परिवर्तनले उहाँ आफैँ चकित हुनुहुन्छ । “छोराले पहिले पढाइमा त्यति रुचि राख्दैनथ्यो । उसको पढाइ अन्य शिशुका तुलनामा कमजोर थियो”,उहाँले भन्नुभयो, “आजभोलि आफैँ लेख्न र पढ्न जान्ने भएको छ । उसमा आएको परिवर्तन देख्दा म आफँै चकित छु । ” उहाँले छोराले पढाइ शिविरमा यति सजिलै सिक्न र पढ्न थाल्नेछ भन्ने नसोचेको बताउनुभयो ।

    बालकल्याण सङ्घ र वल्र्डभिजन इन्टरनेशनल नेपालका साझेदारीमा बाल स्पोन्सरसिपका परियोजनामा कैलाली जिल्लाका छ हजार १२० बालबालिका जोडिएका छन् । परियोजनाले पढाइ शिविर, रुपान्तरण कक्षासँगै स्वास्थ्य शिक्षा र जीविकोपार्जनमा बालबालिकालाई सहयोग गर्दै आएको छ ।

    टीकापुरमा २० र भजनी नगरपालिकामा २५ पढाइ शिविर सञ्चालनमा छन् । ती शिविरमा एक हजार ९२ बालबालिका आबद्ध छन् । परियोजनाका कार्यक्रम व्यवस्थापक सुगम रेग्मीले ती बालबालिका अतिविपन्न परिवारका रहेकोे जानकारी दिनुभयो । “बालबालिकाको शिक्षामा सहयोग पु¥याउने उद्देश्यले समुदायमा पढाइ शिविर सञ्चालन गरेका थियौँ । पढाइ शिविर धेरै प्रभावकारी बन्न पुग्यो”, उहाँले भन्नुभयो, “अहिले विद्यालय बन्द रहेका अवस्थामा पनि सहजकर्ताले घरघरमा पुगेर पुस्तक वितरण गर्ने, बालबालिकाको अवस्था बुझ्ने र स्वास्थ्य सामग्री दिने काम गर्दै आउनुभएको छ ।

    ” घोडाघोडी नगरपालिका–११ की सपना चौधरीले गत पुस महिनामा किशोरकिशोरीलाई लक्ष्य गरी गरिएको रुपान्तरण कक्षाबारे १० दिने तालिम लिने अवसर पाउनुभयो । सो अवसरमा उहाँले लैङ्गिक असमानता, किशोरकिशोरीका समस्या, यौन तथा प्रजनन स्वास्थ्य अधिकार, जीवनोपयोगी सीप र बचत तथा ऋणका बारेमा राम्रोसँग बुझ्ने मौका पाउनुभयो ।

    “तालिमले मलाई सक्षम बनाएको छ । आत्मविश्वास बढाएको छ”, उहाँले भन्नुभयो, “अहिले किशोरीमा भइरहेका विभेदका घटना, युवा सशक्तीकरण र सामुदायिक सहभागितामा प्रत्यक्ष सहभागिता जनाउन सक्छौँ र त्यसको आफ्ना कुरा राख्न सक्ने भएका छौँ । ”

    अहिले उहाँले आफ्नो समुदायमा रुपान्तरण कक्षा सञ्चालन गर्दै आउनुभएको छ । समुदायका अन्य किशोरकिशोरीलाई पनि रुपान्तरणका लागि उहाँ सक्रियताका साथ काम गर्दै आउनुभएको छ । टीकापुर, भजनी, घोडाघोडी र गौरीगङ्गा नगरपालिकाको १४ वडाका २८ ठाउँमा सञ्चालन गरिएको रुपान्तरण कक्षामा ४३० युवा सहभागी छन् । उनीहरुले रुपान्तरण कक्षामा सिकेका कुरालाई समुदायकाअन्य युवकयुवतीलाई समेत सिकाउँदै आएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.