सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी बिरामीमा कलेजो प्रत्यारोपण


  •    न्युजभित्तो/३१ असार २०७८, बिहीबार १०:५६ 
  • चितवन, ३१ असार । चितवन मेडिकल कलेजमा जटिल अवस्थामा रहेका बिरामीलाई सफलतापूर्वक कलेजो प्रत्योरोपण गरिएको छ । ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरिएको हो । यस कलेजमा गरिएको यो दोस्रो कलेजो प्रत्यारोपण हो ।

    कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रत्यारोपणबारे जानकारी दिएको छ । कलेजका म्यानेजर प्रताप देवकोटाका अनुसार जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं. ९ का ४७ वर्षिय भरतविक्रम शाहीको प्रत्यारोपण गरिएको हो । उहाँको असार १८ गते १५ घण्टा लगाएर कलेजेको प्रत्यारोपण गरिएको देवकोटाले जानकारी दिनुभयो । शाहीलाई उहाँकी श्रीमती ४८ वर्षिय कमलादेवी शाहीले कलेजो प्रदान गर्नुभएको हो ।

    देवकोटाका अनुसार कलेजका विशेषज्ञ शल्य चिकित्सकहरु सर्जन डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्त कुमार शाह, हेपाटोलोजी डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ एनेस्थेसिया एण्ड क्रिटिकल केयर डा. किरण अधिकारी, डा. नविन यादव, डा. सुरेश गौतम, डा. विरेन्द्र राउत, रेडियोलोजिष्ट डा. दिपक अधिकारी डा. सुवास ओझाको टिमले प्रत्यारोपण गरेको थियो । यसैगरी स्टाफ नर्स कमला क्षेत्री, प्रेङका पौडेल, सलिना तिवारी, सुमि कार्की बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अन्जु थापा, श्रृती यादव, नितु बस्नेत, सुष्मा भुजेल, अनिता भण्डारी लगायतको टिम पनि प्रत्यारोपणमा संलग्न थियो । प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका चिकित्सकहरु डा. निरभ गोयलको टिम समेत संलग्नता देवकोटाले  बताउनुभयो ।

    सो अवसरमा सर्जन डा. सञ्जयकुमार यादवले श्रीमती शाहीको ६० प्रतिशत कलेजो उहाँको श्रीमान्मा ट्रान्सप्लान्ट गरिएको जानकारी दिनुभयो । कलेजलो दाता कमलादेवीको स्वास्थ्यमा सुधार छि उहाँलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । भरतबिक्रम शाहीको स्वास्थ्य अवस्था राम्रो हुँदै गैरहेको डा. यादवको भनाई छ । डा. यादवले भन्नुभयो “अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई समेत डिस्चार्ज गर्न सकिने अवस्था छ ।” उहाँले अगाडि थप्नुभयो “२ देखि ३ महिनामा दुबै जनामा कलेजोको अवस्थामा बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएर आउँछ । उहाँहरू दुबै जना सामान्य जीवन बिताउन सक्नुहुन्छ ।”

    काठमाण्डौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आउनु भएका शाही दुई साता अघि मात्रै चितवन मेडिकल कलेज आउनु भएको छ । सिरोसिस् अफ लिभरको ‘ए’ ‘बी’ ‘सी’ स्टेज मध्ये शाही ‘सी’ चरणमा पुगेको भन्दै डा. यादवले भन्नुभयो “गत फागुनमा ‘सी’ चरणमा पुग्नुभएका शाहीलाई प्रत्यारोपण नगराएको भए थप जीवन रहन मुस्किल पर्ने अवस्था थियो ।” शाहीको पेटमा पानी भरिएको र ठूलो भएको भन्दै डा. यादवले भन्नुभयो “अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो ।”

    पत्रकार सम्मेलनमा हेपाटोलोजी डा. सागर पौडेलले प्रत्यारोपणका क्रममा झण्डैं १३ यूनिट रगत खर्च भएको जानकारी दिनुभयो । उहाँले अघिल्लो प्रत्यारोपणमा १÷२ युनिट रगतले नै पुगेको बताउनुभयो । बिरामी शाहीको कलेजोमा रगत जानै नसक्ने ‘ब्लकेज’ अवस्थामा रहेको भन्दै उहाँले भन्नुभयो “सिरोसिस् भएका १० देखि १५ प्रतिशत बिरामीमा यस्तो समस्या हुन्छ । यसलाई Cirrhosis with Portal Vein Thrombosis (PVT) भन्ने गरिन्छ ।” कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो “नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजमा पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरिएको हो ।” यस अघि गरिएको प्रत्यारोपणमा भन्दा झण्डै तीन घण्टा बढि समय र थप व्यवस्थापन गर्नुपरेको कलेजले जनाएको छ । यस्तो बिरामीको ‘पोष्ट अपरेटिङ’ पनि निकै चुनौतीपूर्ण हुने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चियाबारीको हरियालीमा फक्रिँदै ल्वाङको पर्यटन
    १३ बुँदे घोषणा पत्र जारी गर्दै सकियो बागमती साहित्य महोत्सव
    छोरी सशक्तीकरणका लागि ‘दश बुँदे कर्णाली घोषणापत्र’
    • बाल महोत्सवको आकर्षण ‘अन्नको बुट्टा’
    • भिरबाट लडेर दुई जनाको मृत्यु
    • काठमाडौँ महानगरको छात्रावृत्ति छनोट परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
    • हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.