सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देशव्यापी खुला कविता प्रतियोगितामा प्रथम बनिन् दमककी सेलिया


  •    न्युजभित्तो/३१ असार २०७८, बिहीबार ११:४९ 
  • दमक, ३१ असार । परिवर्तनका हातहरू (एचओसी)ले विद्यार्थीका लागि आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा दमककी सेलिया श्रेष्ठ प्रथम हुनुभएको छ ।

    सप्तरङ्गी एफएमको बाल मञ्जरी कार्यक्रमकी प्रस्तोता श्रेष्ठको प्रतियोगितामा ‘एउटै छ माटोको रङ’ शीर्षकको कविता उत्कृष्ट छनोट भएको हो ।

    देशभरिबाट प्राप्त २८ वटा कवितामध्ये श्रेष्ठले वाचन गरेको कविता उत्कृष्ट ठहरिएको हो । विद्यार्थीले आफूले वाचन गरेका कविताको भिडियो आयोजकलाई पठाएका थिए । प्राप्त कवितालाई निर्णायकले सुनेर विजेता छनोट गरेका हुन् ।

    प्रतियोगितामा काठमाडौँकी प्रविज्ञा नेपाल द्वितीय, मोरङको रतुवामाइकी शर्मिला चौलागाईं तृतीय र बुटवलका रोशन घिमिरे र मोरङका दीपेन्द्र बराइलीले चौथो स्थान प्राप्त गर्नुभयो । जुममार्फत भएको प्रतियोगिताको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित र साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’ रहनुभएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति
    प्रजनन स्वास्थ्यमा कानुनी अड्चन हटाउन सरोकारवालाको जोड
    पर्वतमा मदन स्मृति पुस्तकालय स्थापना
    • ‘दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ’
    • कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
    • जङ्गली च्याउ खाँदा थप एक जनाको मृत्यु
    • सार्वजनिक स्रोत–साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.