सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या


  •    न्युजभित्तो/९ बैशाख २०८३, बुधबार १२:३५ 
  • तुलसीपुर (दाङ), ९ वैशाख । दाङको तुलसीपुर उपमहानगरपलिका–४ स्थित विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या भएको छ । 

    त्यहाँ रहेको ‘सोलार सिस्टम’ बिग्रिएपछि खानेपानीको समस्या भएको हो । यसअघि स्थानीय माथिल्लो पँधेराबाट ‘लिफ्टङ’ गरेर खुमखानी लगिएको थियो । तर, पछिल्लो एक महिनादेखि पानी तान्ने उपकरण बिग्रिएपछि खानेपानीको समस्या भएको स्थानीय अमर घर्तीले जानकारी दिनुभयो । 

    खानेपानीको मोटर बिग्रिँदा त्यहाँका ३५ घरधुरी प्रभावित छन् । हाल पानी ल्याउन दुई घण्टा हिँड्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । “अहिले खानेपानीको मोटर बिग्रिँदा गाउँमा पानी आएको छैन”, उहाँले भन्नुभयो, “अहिले दुई घण्टा हिँडेर माथिल्लो पँधेराको मुहानमा खानेपानी ल्याउनुपर्ने अवस्था छ ।” 

    खानेपानीको हाहाकार हुँदा त्यहाँका नागरिक पलायन हुने अवस्था रहेकोसमेत उहाँको भनाइ छ । “बाह्र वर्षभन्दाअघि खानेपानी नहुँदा धेरै घर बसाइँसराइ गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “अब पनि पानी नआउने अवस्था भएमा गाउँ नै पलायन हुने अवस्था आउन सक्छ ।” 

    तुलसीपुर उपमहानगरपालिका, विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले समस्या समाधानतर्फ ध्यान नदिएको तुलसीपुर–४ निवासी जितबहादुर थापाले बताउनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.