सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन सडक निर्माणमा


  •    न्युजभित्तो/१० बैशाख २०८३, बिहीबार १२:०३ 
  • म्याग्दी, १० वैशाख । म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् ।

    मध्यपहाडी लोकमार्गको बागलुङ–काँक्री खण्डको वैकल्पिक मानिएको म्याग्दीदेखि ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक निर्माण पछिल्लो एक महिनायता सुस्त बनेको धौलागिरि–३ मुनाका अगुवा बुद्धिमान शेरपुञ्जाले बताउनुभयो ।

    “यस वर्ष रु २३ करोड बजेट भएको यस योजनाको हालसम्म जम्मा रु पाँच÷छ करोड बराबरको काम गरेका ठेकेदारले पछिल्लो एक महिनायता मजदुर र उपकरणको सङ्ख्या घटाएर न्यून बनाएका छन्”, उहाँले भन्नुभयो, “दुई वर्षमा सम्पन्न गर्नुपर्ने योजना निर्माणले गति नलिदा अलपत्र पर्ने जोखिम बढेको छ ।”

    गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो र धेरै बजेटको यस योजनामार्फत दरवाङ–धारापानी ९सात किलोमिटर० र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान हुुनेछ ।

    प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको योजना कार्यान्वयनका लागि रु ५२ करोड ८० लाख ५३ हजार कबोलेको निर्माण कम्पनीसँग २०८२ असार ११ गते ठेक्का सम्झौता भएको थियो । विसं २०८२ कात्तिक महिनादेखि कार्यक्षेत्रमा परिचालन भएको ठेकेदार कम्पनीले हालसम्म करिब १० प्रतिशत मात्र भौतिक प्रगति भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा महेन्द्र बानियाँका अनुसार इन्धन र निर्माण सामग्रीको मूल्य वृद्धिको कारण देखाएर ठेकेदारले निर्माण कार्यको गति घटाएका हुन् । “सबैभन्दा धेरै बजेट भएको दरवाङ–मुना–ढोरपाटनको प्रगति नहुँदा बजेट खर्च नहुने र अन्य बहुवर्षीय आयोजनामा काम गरेका व्यवसायीले भुक्तानी नपाउने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “इन्धन र निर्माण सामग्रीमा भएको मूल्यवृद्धिले ठेकेदारलाई काम लगाउन समस्या भएको हो ।”

    सङ्घीय र प्रदेश सरकारको (समपुुरक० ५०÷५) प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधी २७ महिनाको हो । सङ्घीय र प्रदेश सरकारले आर्थिक वर्ष २०८१÷०८२ मा रु २४ बजेट विनियोजन गरेको यस योजनाका लागि चाालु आर्थिक वर्ष २०८२÷०८३ मा रु २३ करोड २२ लाख बिनियोजन भएको छ ।

    आगामी आवसम्म योजना निर्माण पूरा नभएमा सङ्घीय सरकारले बजेट नपठाउने र प्रदेश सरकारलाई व्ययभार थपिनेछ । विसं २०७१ मा मुनामा सडक पुगेको थियो । कच्ची अवस्थामा रहेको सडक गाउँपालिकाले मर्मत गरेर यातायात सञ्चालनको ब्यवस्था मिलाएको थियो ।

    म्याग्दीको मङ्गला मालिका, धौलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ५० किलोमिटर छोटो पर्छ । म्याग्दी १९ख० बाट निर्वाचित प्रदेश सांसद रेशमबहादुर जुग्जालीले रणनीतिक महत्वको सडक निर्माणमा देखिएको ढिलाइप्रति चिन्ता ब्यक्त गर्दै प्रदेश सरकारको ध्यानाकर्षण र स्थानीयस्तरमा कामको गति बढाउन सहजीकरण गरिएको बताउनुभयो ।

    उक्त सडकअन्तर्गतको धौलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको छ किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि आर्थिक वर्ष २०८०÷०८१ मा रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

    निर्माण कम्पनीका सञ्चालक भीम सापकोटाले इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुत योजना सम्पन्न गराउन लागिएको बताउनुभयो । मुना हुँदै मरेनीबाट जलजला– ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलिसकेको छ । बेनीदेखि तालावाङसम्म १८ किलोमिटर कालोपत्र भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी
    पशु चौपायमा कृत्रिम गर्भाधान
    हिंसात्मक र गैरकानुनी गतिविधिमा संलग्न नहुन सशस्त्र प्रहरीको अनुरोध
    • अव्यवस्थित तार व्यवस्थापन पूरा गर्न आइस्पानलाई अन्तिमपटक १५ दिन थप, अब म्याद नथपिने
    • आलेखः ‘ती मुख्यमन्त्री, यी किराना साहुजी !’
    • बागमती प्रदेश सडक दुर्घटना: चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम
    • माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.