समाज

चितवनमा आज एकैदिन १४३ कोरोना संक्रमित थपिए,
-न्युजभित्तो

चितवन,१६ साउन । चितवनमा आज १४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनको अनुसार भरतपुर महानगरपालिकामा ९६ जना, खैरहनीमा पाँच जना, माडीमा ११ जना, रत्ननगर नगरपालिकामा २१ जना, राप्तीमा ८ जना र कालिकामा २ जना थपिएका हुन् । त्यस्तै...

प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री पोखरेल बीच भेटवार्ता
-न्युजभित्तो

रुपन्देही, १६ साउन । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो । प्रदेश...

‘सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारीमा छौँ’
-न्युजभित्तो

पर्सा, १६ साउन । प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन...

वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने
-न्युजभित्तो

काठमाडौँ, १६ साउन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ ।समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय...

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप
-न्युजभित्तो

ललितपुर, १६ साउन । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन...

सुदूरपश्चिमका किसानकाे अदुवाखेतीबाट आम्दानी बढ्दै, प्रतिकिलो २०० भन्दा बढीमा बिक्री
-न्युजभित्तो

सुदूरपश्चिम, १६ साउन । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् । कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै माटोमा मेहनत गर्ने...

पुरानै धारमा फर्काइयो मस्र्याङ्दी
-न्युजभित्तो

मनाङ, १६ साउन । मनाङ भएर बग्ने मस्र्याङ्दी नदीलाई पुरानै धारमा फर्काइएको छ । गत असार १ गते परेको अविरल वर्षापछिको बाढीका कारण नदीले धार परिवर्तन गरेको थियो । नदीले आफ्नो पुरानो धार परिवर्तन गरेपछि महिनादिनसम्म थुनिएर ड्याम बनेको र...

माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवनको निर्माण तीव्र
-न्युजभित्तो

गण्डकी, १६ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक एवं सुविधासम्पन्न प्रशासकीय भवन निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई अघि बढाइएको हो विसं २०७८ फागुन १६ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माणका लागि नयाँ बाटो÷जिएस...

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा
-न्युजभित्तो

झापा, १६  साउन  । जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ । विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख...

बैतडीको निषेधाज्ञा साउन मसान्तसम्म लम्बियो
-न्युजभित्तो

बैतडी, १६ साउन । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि साउन ३२ गते मसान्तसम्म थपिएको हो । यसअघि खुकुलो पार्दै जिल्लामा साउन १ देखि १५ गतेसम्म छैटौँ पटक...