सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘सञ्चार संस्थालाई निःशुल्क विद्युत् उपलब्ध गराउने तयारीमा छौँ’


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार १४:१२ 
  • पर्सा, १६ साउन । प्रदेशभित्र सञ्चालित सबै सञ्चार संस्थालाई निःशुल्क बिजुली उपलब्ध गराउने योजनामा प्रदेश नं २ सरकार लागेको ऊर्जा तथा खानेपानी विकासमन्त्री ओमप्रकाश शर्माले जानकारी दिनुभएको छ ।

    नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रदेशभित्र सञ्चालित सञ्चार संस्थालाई आर्थिक रुपमा बलियो बनाए लोकतन्त्र बलियो हुनाका साथै भ्रष्टाचार नियन्त्रणमा मद्दत पुग्ने भएकाले सञ्चार संस्थालाई सौर्य ऊर्जामार्फत निःशुल्क विद्युत् आपूर्ति गर्ने योजनामा प्रदेश सरकार लागेको जानकारी दिनुभयो ।

    उहाँले प्रदेशमा सञ्चालित रहेका रेडियो, टेलिभिजन, पत्रपत्रिकालगायत कार्यालयमा प्राप्त हुने विद्युत्को रकम मात्र जोगाउन सकिए सञ्चार संस्थालाई ठूलो आर्थिक सहयोग हुने भएकाले सञ्चारकर्मी र सञ्चार गृहको विकासका लागि योजना ल्याउने तयारीमा लागेको बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.