सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माछापुच्छ्रे गाउँपालिकाको प्रशासकीय भवनको निर्माण तीव्र


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार १२:५१ 
  • गण्डकी, १६ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक एवं सुविधासम्पन्न प्रशासकीय भवन निर्माण कार्यले तीव्रता पाएको छ । कोरोना कहरबीच स्वास्थ्य मापदण्ड अपनाएर निर्माण कार्यलाई अघि बढाइएको हो

    विसं २०७८ फागुन १६ गतेसम्ममा सम्पन्न गर्ने गरी निर्माणका लागि नयाँ बाटो÷जिएस इञ्जिीनियरिङ जेभीसँग गत वषृ भदौ १५ गते ठेक्का सम्झौता गरिएको सो भवनको हालसम्म ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इञ्जिनीयर राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कूल रु छ करोड ६२ लाख ११ हजारको लागतमा निर्माण गरिने सो अपाङ्गमैत्री तीनतले भवनमा ३६ कोठा र २०० व्यक्ति क्षमताको एक हलसहित अन्य दुई बैठक कोठा छन् । भवन निर्माणका लागि चालू आर्थिक वर्षमा जिल्ला समन्वय समितिको मौज्दात कोषको रु दुई करोड ५० लाख र प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन गरिएको थियो भने बाँकी रकम गाउँपालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ ।

    साविक लाहाचोक गाविस कार्यालय भवनको मर्मतसम्भार गरेर हालसम्म गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएकामा पछिल्लो समय सो भवन साँघुरो हुँदा सेवा प्रवाहमा अप्ठ्यारो परेको उहाँको भनाइ छ । नयाँ भवन बनेपछि गाउँपालिकाको प्रशासनिकसहित कृषि, स्वास्थ्य, शिक्षा, सामाजिक विकासलगायतका विषयगत शाखा कार्यालयको समेत सेवा पनि एकै थलोबाट प्रवाह गर्न सुविधा पुग्ने विश्वास लिइएको छ ।

    जिल्ला समन्वय समितिको रु ५९ लाख ९४ हजार ६४ तथा गाउँपालिकाको रु ३९ लाख ९६ हजार ४३ गरी कूल ९९ लाख ९० हजार १०७ लागतमा गाउँपालिकाको वडा ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । दुई तलाको सो पक्की भवन निर्माण गरिएको हो । पालिकाका अन्य आठ वडाका आप्mनै वडा कार्यालय भवनबाट सेवा प्रवाह भइरहेको छ ।

    निर्माणाधीन प्रशासकीय भवनको अनुगमन

    पोखरा महानगरपालिकासहित पाँच स्थानीय तहमध्येमा पहिलो निर्माणाधीन माछापुच्छ्रे«को प्रशासकीय भवनको जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्री नेतृत्वको टोलीले अनुगमन गरेको छ ।

    भवनमा प्रयोग भएको काठ सम्झौताअनुसारको नभएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेपछि सत्यतथ्य बुझ्नाका साथै समस्याको समाधान गर्न प्राविधिकसहितको सो टोलीले स्थलगत अनुगमन गरेको हो ।

    निर्माण व्यवसायीले काम गर्ने वातावरण बनाउन गाउँपालिकामा लिखित निवेदन दिनुभएको थियो भने स्थानीय केहीले व्यक्तिले ठेक्का सम्झौताअनुसारको काठ प्रयोग नभएको भन्दै गाउँपालिकामा मौखिक जानकारी गराएका थिए । टोलीले कम गुणस्तरीय भनिएको छुट्टाछुट्टै दुई भ्mयालमा प्रयोग भएको काठको परीक्षणका लागि प्रयोगशाखामा पठाउने लक्ष्यका साथ नमूना सङ्कलन गरेर ल्याएको छ ।

    अनुगमनका क्रममा समन्वय समिति प्रमुख क्षेत्रीले उपस्थित स्थानीय बासिन्दा, निर्माण व्यवसायी, प्राविधिकलाई तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने बताउनुभयो । गुणस्तरीय विकास निर्माणमा स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने कुरामा जोड दिँदै उहाँले गाउँपालिका र स्थानीयले निर्माण व्यवसायीलाई काम गर्ने वातावरण तयार गर्नुपर्ने विश्वास व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    • भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.