सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती किनारमा हरेक हप्ता सफाइ गरिने


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार १३:४१ 
  • काठमाडौँ, १६ साउन । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले पशुपति क्षेत्रमा प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने भएको छ ।समितिअन्तर्गतको वाग्मती सरसफाइ र जनचेतना अभिवृद्धि उपसमितिको बैठकले सो क्षेत्रमा प्रत्येक हप्ता कर्मचारी र अभियानकर्मीको सक्रियतामा सफाइ गर्ने निर्णय गरेको संयोजक डा माला खरेलले जानकारी दिनुभयो ।

    वाग्मती सफाइ महाअभियानको ४२९औँ हप्तामा आज गुह्येश्वरी मुनिको नदी किनारमा सफाइ गरिएको छ । गत हप्ता पनि गुह्येश्वरीमा सफाइ गरिएको थियो । अर्को हप्तादेखि सफाइ महाअभियान पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा प्रवेश गर्ने तयारी भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषसँग पनि सहकार्य गरिने जनाइएको छ । वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रको वाग्मती प्रदूषित हुने क्रम नरोकिएपछि यस्तो निर्णय गरिएको हो ।

    समितिका सञ्चालक सदस्यसमेत रहनुभएकी खरेलका नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वाग्मतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौँ महानगरपालिका वडा नं ९ का सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मी एवं समितिका कर्मचारीको सक्रियता थियो ।

    यसैगरी महाअभियानको ४२९औँ हप्तामा आज काठमाडौँ महानगरपालिका–११ स्थित थापाथली क्षेत्रमा फोहोरको डष्टबिन वितरण गर्नाका साथै फोहोर वर्गीकरण गर्न सिकाइएको छ । पहिलो चरणमा घरबाट निस्कने कुहिने फोहर राख्न १० जना स्थानीयवासीलाई डष्टबिन वितरण गरिएको वडाध्यक्ष हीरालाल तण्डुकारले बताउनुभयो ।

    कार्यक्रममा प्रसूति गृह पछाडिको खुला स्थानमा बाँसको वृक्षरोपण गरिएको छ । सो अवसरमा पूर्वमुख्यसचिव एवं मुख्य अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष तिमल्सिना लगायतले महानगरपालिकाको ११ नं वडालाई सफाइमा नमूना बनाउन आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।

    यसैगरी वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ ।

    वर्षायाममा नदीमा आउने बाढीले सफा देखिने गरे पनि हिउँदमा भने नदी फोहोर एवं दुर्गन्धित हुने गरेको छ । वर्षामा जस्तै हिउँदमा पनि वाग्मतीमा पर्याप्त पानी बगाउन निर्माण शुरु गरिएको धाप बाँधको काम पूरा नहुँदा कहिलेसम्म नदी फोहोर रहन्छ भन्न गाह्रो हुने देखिएको अभियानकर्मीको गुुनासो छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.