सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुदूरपश्चिमका किसानकाे अदुवाखेतीबाट आम्दानी बढ्दै, प्रतिकिलो २०० भन्दा बढीमा बिक्री


  •    न्युजभित्तो/१६ श्रावण २०७८, शनिबार १३:०५ 
  • सुदूरपश्चिम, १६ साउन । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् ।

    कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ ।”

    कतारमा तीन वर्ष काम गरेर फर्किनुभएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आप्mनै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गर्नुभएको छ । आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको छु”, उहाँले भन्नुभयो, “खेती गरेर भएको नगद आम्दानीबाट जीविकोपार्जन भइरहँदा सन्तुष्टै छु ।” उहाँले तीन वर्ष मलेसियामा समेत काम गर्नुभएको थियो ।

    सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउनुहुन्छ । गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ । “छनोटमा परेका किसानलाई बीउबिजनको व्यवस्था गर्न अनुदान दिने गरेका छौँ”, वडा अध्यक्ष शाहले भन्नुभयो, “अदुवा, सुन्तला, केरा र बेमौसमी तरकारी उत्पादन र बिक्रीबाट किसानको आर्थिक समृद्धिमा टेवा पुगिरहेको छ ।”

    अदुवाको सुठो९चना० बनाएर बिक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ । कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन् । सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ । काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ ।

    उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो रु ८० देखि रु १०० सम्ममा बिक्री हुने गरेको छ । तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो रु २०० भन्दाबढी पुगेको छ । काँचो अदुवा सुकाएर ससानो टुक्रामा चना बनाइन्छ । चनाको बजार मूल्य काँचो अदुवाको मूल्यको तुलनामा तेब्बर चौबर बढी पाइने गरेको बताइन्छ ।

    “यतिबेला अदुवाको बोट निकै फस्टाएकाले उत्पादन गत वर्षभन्दा बढ्ने आशा गरेका छौँ”, किसान बमले भन्नुभयो, “किसान यतिबेला अदुवा गोडमेलमा लागेका छन् ।”

    जैविक अदुवा जर्मनी निर्यात हुँदै

    सो क्षेत्रमा उत्पादन हुने जैविक (अग्र्यानिक) अदुवा प्रशोधन गरेर बनाइने सुठो(चना) जर्मनी निर्यात हुने गरेको छ । चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरिद गरेर अग्र्यानिक अदुवाबाट सुठो(चना)तयार पार्ने गरेको छ । प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करिब २० टन अदुवा प्रशोधनका लागि खरिद गरिने बताउनुभयो ।

    “सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ”, खडायतले भन्नुभयो, “प्रशोधनअघि अदुवाको प्रयोगशालामा परीक्षण गरिन्छ ।”

    छिञ्चुको मुख्य प्रशोधन केन्द्रअन्तर्गत सहजपुरमा शाखा प्रशोधन केन्द्र सञ्चालनमा छ । केन्द्र सञ्चालन भएको जग्गा आसपासमा भइरहेको सडक निर्माणको कामले केन्द्रसम्म पुग्ने बाटोलगायतको असुविधा देखिएकाले यो प्रशोधन केन्द्रमा प्रशोधनको काम एक वर्षदेखि हुन नसकेको बताइएको छ ।

    खडायतले कैलाली र डोटीमा उत्पादित अदुवा खरिद गरेर प्रशोधनका लागि छिन्चु मुख्य प्रशोधन केन्द्रमा पठाउने गरिएको बताउनुभयो । यो खेतीमा लागेका किसानलाई अदुवाखेती गर्ने प्रविधि, आवश्यक तालिमलगायत सहयोग गरिँदै आएको छ । अदुवाको बजार मूल्यका आधारमा किसानसँग अदुवा खरिद गर्ने गरिएको छ ।

    प्रशोधन केन्द्र स्थापना गरिएसँगै कृषकलाई यो खेतीतर्फ आकर्षित गर्न थप टेवा पुगेको छ । यो क्षेत्रमा उत्पादित अदुवाको माग भारतीय बजारमा समेत बढ्दै गएको बताइएको छ । भारतीय र नेपाली व्यापारी अदुवा खरिद गर्न घरमै आइपुग्ने गरेका छन् ।

    स्वादिलो सुन्तला उत्पादनका लागि पनि चर्चित चुरे गाउँपालिकाका स्थानीय कृषक पछिल्ला वर्षमा आफ्नो एउटै खेतबारीमा सुन्तला र अदुवाखेती सँगसँगै गर्न पनि सिकेका छन् । सुन्तलाको रुखमुनिको जग्गामा अदुवाखेती गर्दा सुन्तला र अदुवा दुवैको उत्पादन राम्रै हुने गरेको अनुभव कृषकको छ ।

    कैलालीको चुरे र योसँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन् । यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.