समाज
काठमाडौँ, ४ कात्तिक । नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार÷पाँच दिनयता अर्को प्रणाली विकसित हुने देखिएको...
कञ्चनपुर, ४ कात्तिक । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका...
चितवन, ४ कात्तिक । धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्षति पुयाएको छ । पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्षति भएको हो । जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी...
सुर्खेत,३ कात्तिक। आइतबार बुलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर बुधबारसम्म कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् । प्रदेश प्रहरीका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत भएको छ । पशु चौपाया र...
डोटी, ३ कात्तिक । असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् । जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको...
चितवन,३ कात्तिक। पछिल्लो २४ घन्टामा चितवनमा २५ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा १६ जना कोरोना संक्रमण मुक्त भएका छन् । भरतपुर महानगरमा २२, खैरहनी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा २ संक्रमित थपिएका हुन्। चितवनमा सक्रिय संक्रमित २४१ मा...
वाग्मती,३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ । एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर...
काठमाडौं,३ कात्तिक । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा...
रोल्पा, ३ कात्तिक । रोल्पाका ग्रामीण भेगका सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक सञ्चालनमा आउन नसकेका हुन् । सडकको माथिबाट र मुनिबाट पहिरो खसेपछि स्थानीयवासीलाई हिँड्डुल गर्न समस्या भएको छ । पहिराका...
बझाङ, ३ कात्तिक । बझाङमा ४ दिनपछि नेपाल टेलिकमको नेटवर्क सञ्चालनमा आएको छ । लगातारको वर्षातका कारण जिल्लामा फोन सेवा अवरुद्ध भएको थियो । फोन सेवा पूर्ण रूपमा अवरुद्ध भएपछि जिल्लाका सञ्चारमाध्याम पूर्णरुपमा सम्पर्कविहीन भएको थियो । नेपाल टेलिकमको नेटवर्कमा...














