सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती प्रदेशसभाको बैठक सार्न माग


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार १५:२६ 
  • वाग्मती,३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलले वाग्मती प्रदेशसभाको बिहिबार बस्ने भनिएको बैठकको मिति सार्न माग गरेको छ ।

    एमालेले पार्टीको अधिवेशनका कारण समय दिन नसक्ने भन्दै बैठकलाई कात्तिक ११ गते बस्ने गरी सार्न अनुरोध गरेर पत्र पठाएको प्रदेशसभाको सचिवालयले जनाएको छ ।

    सो पार्टी संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले पार्टीको आसन्न महाधिवेशन तथा त्यसअघिका जिल्ला, प्रदेशस्तरका अधिवेशन एवं कात्तिक ६ गते हुन गइरहेको वडास्तरीय अधिवेशन तथा कात्तिक ९ गते हुन गइरहेको स्थानीय तहको अधिवेशनका लागि केही दिनअघि देखि नै पार्टीका आम कार्यकर्ता तथा जनप्रतिनिधिहरु होमिनु परेका कारण ४ गतेका लागि आह्वान बैठकमा प्रदेशसभा सदस्यहरु सहभागी हुन नसक्ने भएकाले बैठकको मिति सार्न अनुरोध गरिएको जानकारी दिनुभयो ।

    “सभामुखज्यूले यही कात्तिक ४ गते दिउँसोका लागि बोलाउनु भएको प्रदेशसभाको बैठकमा पार्टीको अधिवेशनमा सहभागी हुनुपर्ने भएकाले हाम्रो पार्टीका प्रदेशसभा सदस्यहरुको सहभागिता हुन नसक्ने भएकाले उक्त बैठकको समयलाई हेरफेर गरी आगामी कात्तिक ११ गतेका लागि सारिदिनुहुन विनम्र अनुरोध गर्दछु,” मुख्य सचेतक निरौलाले प्रदेशसभा सचिवालयलाई बुझाउनु भएको पत्रमा उल्लेख छ ।

    प्रदेशसभाको सचिवालयलाई पत्र प्राप्त भएको र सभामुखसँग छलफल हुन बाँकी रहेकाले बैठक स्थगित हुने वा नहुने विषयमा तत्काल भन्न नसकिने सचिवालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.