सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डोटीमा बाढी पहिरोमा परी १४ को मृत्यु


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार १६:०१ 
  • डोटी, ३ कात्तिक । असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् ।

    जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार सायल गाउँपालिका–६ कासोमबार राति घरमा सुतिरहेको अवस्थामा पहिरोमा परी १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ ।

    सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिएका छन् ।

    जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

    शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

    यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थलमा पुगिनसकेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

    बाढी पहिरोका कारण सायल गाउँपालिका–५ का रमेश लुहार, भीम लुहार, करी डुम्रेल, सोही गाउँपालिका–६ का दिलवहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र बिन्दा कुन्जेडा घाइते भएका छन् । घाइतेमध्ये रमेश बिकलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए । यस्तै जोरायल गाउँपालिका–३ का पुस्कर बिक र केआई सिंह गाउँपालिका–४ यसोधा भट्ट पनि घाइते भएका छन् ।

    ४ सय ५० जना बिस्थापित

    जिल्लाभर घरबस्ती जोखिममा परेका कारण चार सय ५० विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगपालिका–७ कोईरेलीका तीन सय जना र केआईसिंह गाउँपालिका–४ मा एक सय ५० जना गरी चार सय ५० जना विस्थापित भएका छन् ।

    विस्थापित भएकाहरुलाई सुरक्षित स्थान तिर सारिएको छ । प्रहरी निरीक्षक चन्दले भने ‘अहिले सबै ठाउँको बिवरण आइसकेको छैन, धेरै क्षति भएको छ ।’ बर्षातका कारण सोमवारदेखि अवरुद्ध भएको विद्युत अझै नियमित हुन सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.