सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर्णालीमा बाढी-पहिरो : ८ जनाको मृत्य, ३ घाइते


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार १६:५१ 
  • सुर्खेत,३ कात्तिक। आइतबार बुलुकीदेखि लगातार परेको भारी वर्षापछि आएको बाढी– पहिरोमा परेर बुधबारसम्म कर्णाली प्रदेशमा ८ जनाले ज्यान गुमाएका छन् ।

    प्रदेश प्रहरीका अनुसार अविरल वर्षातका कारण जनजीवन प्रभावित बन्नुका साथै मानवीय क्षति समेत भएको छ । पशु चौपाया र धानबालीमा समेत क्षति पुगेको छ भने कर्णाली राजमार्ग ६ ठाउँमा अवरूद्ध भएको छ ।

    बाढी–पहिरोमा परि मृत्यु हुनेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–४, खर्पेल गाउँका ६ जना, जुम्ला र कालिकोटका एक÷एकजना रहेको प्रदेश प्रहरी कार्यालय प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार बाढी–पहिरोबाट तीन जना घाइते भएका छन् । कालिकोट रास्कोट नगरपालिका–८, पलातिवाडाका ६३ वर्षीय नन्दु न्यौपाने र उनकी छोरी १३ वर्षीय बाँचु न्यौपाने गोठबाट घर जाने क्रममा पहिरोमा परी घईते भएका छन् । नन्दुको दुबै खुट्टामा चोट लागेको र उनको रास्कोट अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    यस्तै सुर्खेतका पञ्चपुरी नगरपालिका–११, स्थित कुइनेमा कर्णाली नदीले बगाएका सोही ठाउँका ४८ वर्षीय गंगाप्रसाद जैशीको सकुशल उद्दार गरिएको छ ।
    सुर्खेतको कुईनबाट कैलाली जोड्ने निर्माणाधीन पक्की पुलका चौकीदार समेत रहेका शर्मा नदीले बगाएका सामान बचाउने क्रममा बगेका थिए ।

    बाहिरी चोट नदेखिएपनि उनको उद्दार गरेर उपचारको लागि बावियाचौर पठाइएको छ । शर्मालाई प्रहरी चौकी तातोपानीबाट खटिएको ६ जनाको प्रहरी टोलीले उद्दार गरेको थियो ।

    प्रदेश प्रहरीका अनुसार बाढी–पहिरोबाट प्रदेशमा ४ वटा गाई, तीनवटा बाच्छा र १३१ भेडाबाख्रा मरेका छन् । प्रदेशको कालिकोट, जुम्ला र मुगुका गरि १३८ पशुचौपाया मरेको प्रहरीले जनाएको छ ।

    ३ सयबढी नागरिकलाई सुरक्षित स्थानमा सारियो

    प्रदेशभर बाढी–पहिरोका कारण जोखिममा रहेका ३०० बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

    कर्णाली नदीको बहाव बढेपछि जोखिममा रहेका पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –४ झालाका ११ घरधुरीका ७९ जना परिवारलाई शिवालय माध्यमिक विद्यालय झालामा स्थानान्तरण गरिएको छ ।

    त्यस्तै कालिकोटको राम्नि बस्तीका साढे २ सय परिवारहरुलाई स्थान्तरण गरिएको छ । उनीहरुलाई राम्नि माद्यामिक विद्यालय र त्यहाँको एक स्वास्थ्य चौकिमा राखिएको प्रहरीले जनाएको छ ।

    यस्तै दैलेखको रामाघाट बजार डुबानमा परेको छ । आठबिस नगरपालिका—१, मा रहेको उक्त बजारमा कर्णाली नदी पसेको छ । स्थानीय वासिन्दाहरुको सहयोगमा प्रहरीले २०÷२५ घर दुरीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

    स्थान्तरण गरिएका नागरिकहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेना, नेपाल रेडक्रस र स्थानीय पालिकाहरुले राहात तथा सहयोग गरिरहेका छन् ।

    कर्णाली राजमार्ग चार ठाउँमा अवरूद्ध

    लगातारको वर्षाका कारण पहिरो आएपछि सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग चार ठाउँमा अवरूद्ध भएको छ । दैलेख, कालीकोट र जुम्ला सड्क खण्डका चार ठाउँमा पहिरो आएपछि राजमार्ग अवरुद्ध भएको प्रदेश प्रहरीले जनाएको छ ।

    दैलेख खण्डमा खिड्कीज्युला, घट्टेखोला, कालिकोटको जिते र जुम्लाको हिमा गाउपालिका १ स्थित बड्की गाउँमा पहिरो खसेको छ । ‘अहिलेसम्म कर्णाली साजमार्ग चार ठाउँमा अवरुद्ध भएको खबर आएको छ, कतिपए ठाउँमा पहिरो पन्छाउने काम भै रहेको छ,’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव श्रेष्ठले भने ।

    राजमार्ग अवरूद्ध हुँदा सयौं यात्री अलपत्र परेका छन् । दसैँ मनाएर प्रदेश राजधानी वीरेन्द्रनगर फर्किने र कालिकोट, जुम्ला लगाएत हिमाली जिल्लाहरुमा जाने यात्री बीचबाटोमा अलपत्र परेका हुन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.