सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रोल्पाका ग्रामीण सडक अझै सञ्चालनमा आउन सकेका छैनन्


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार १५:०१ 
  • रोल्पा, ३ कात्तिक ।  रोल्पाका ग्रामीण भेगका सडकहरु अझै सञ्चालनमा आउन सकेका छैनन् । वर्षायाम सुरु भएसँगै अवरुद्ध भएको अधिकांश सडक सञ्चालनमा आउन नसकेका हुन् । सडकको माथिबाट र मुनिबाट पहिरो खसेपछि स्थानीयवासीलाई हिँड्डुल गर्न समस्या भएको छ ।

    पहिराका कारण हिँड्डुल गर्न समस्या भएको रोल्पा नगरपालिका–९ का कुलबहादुर खत्रीले बताउनुभयो । “वर्षामा आएको पानीले पूरै बाटो बिग्रेर ठप्प छ”, उहाँले भन्नुभयो । पहिरो नखसेको ठाउँमा समेत सडक चिराचिरा परेर आवजजावतमा समेत कठिनाइ भएको बताइएको छ । सडकमा पहिरो खसेकाले दसँै मनाउन घर जाँदा साह्रै सास्ती भोग्नु परेको गङ्गादेव गाउँपालिकाकी हिमाली खड्काको गुनासो छ ।

    “धेरैजसो ठाउँमा सडक अवरुद्ध छ, सबै हिँडेर जानुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो । जिल्लाको सदरमुकाम लिवाङसँग सबै वडा सडक सञ्जालसँग जोडिएको भएपनि मापदण्ड विपरीत खनिएका सडकमा पहिरो खसेपछि अवरुद्ध बनेका हुन् । मापदण्ड विपरीतका सडक खन्दा वर्षायाममा बढीपहिरा जाने गरेको स्थानीयवासीको भनाइ छ । वर्षा सकिएर चाडबाडको समय सुरु भए पनि गाउँगाउँ पुग्ने सडक सञ्चालन नहुँदा स्थानीयवासीले सास्ती खेप्नु परेको छ । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा ७२ वटा वडा रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.