सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर


  •    न्युजभित्तो/७ कार्तिक २०८३, शुक्रबार ०९:१९ 
  • चितवन, ६ कात्तिक । भोटीकोशी र बूढीगण्डकी बाढीपछि मुख्य राजमार्गमा भएको अवरोध हटे पनि सम्भावित त्रासले यस वर्षको दसैँमा आन्तरिक पर्यटकको चहलपहल कम भएको छ । गत वर्ष जेनजी आन्दोलनका कारण दसैँमा पर्यटक कम भए पनि अघिल्ला वर्षमा दसैँ बिदामा पर्यटकीय गन्तव्यमा चहलपहल निकै हुने गरेको थियो ।

    यहाँको पर्यटकीय गन्तव्य सौराहामा यस वर्षको दसैँमा अहिलेसम्म उत्साहजनक रुपमा आन्तरिक पर्यटक आएका छैनन् । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे आफ्नो सौराहाको होटल ल्याण्डमार्कमा बिहीबार ७५ कोठामध्ये सात मात्रै बुक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सौराहा मात्रै होइन, निकै चहलपहल हुने पोखरामा पनि यस वर्ष विगतजस्तो आन्तरिक पर्यटक छैनन् ।”

    वर्षाका कारण पुनःबाटो अवरुद्ध हुने डर आन्तरिक पर्यटकलाई भएको उहाँको अनुमान छ । यससँगै भोटेकोशी र बूढीगण्डकी बाढीका कारण धेरै जनधनको क्षतिका कारण नेपालीले यस वर्ष उत्साहपूर्ण दसैँ नमनाएको उहाँको भनाइ छ ।

    अबका दिनमा क्रमशः पर्यटक बढ्ने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । भोटेकोशी बाढीपछि सारिएका बुकिङ क्रमशः हुन थालेको उहाँले बताउनुभयो । नयाँ बुकिङ आउन थालेकाले दसैँसँगै आन्तरिक र बाह्य पर्यटक बढ्ने उहाँको अनुमान छ ।

    होटल व्यवसायी सुमन घिमिरे आज शुक्रबार भएकाले अब क्रमशः सौराहामा आन्तरिक पर्यटक बढ्दै जाने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब क्रमशः पर्यटक बढ्नेमा हामी विश्वस्त छौँ ।”

    शुक्रबार, शनिबार र आइतबार धेरै होटल भरिने अनुमान गर्दै उहाँले भन्नुभयो, “दसैँ बिदा भएकाले आन्तरिक पर्यटकले सौराहा भरिन्छ भन्नेमा हामी आशावादी छौँ ।”

    विगतका वर्षमा जस्तो चहलपहल अहिलेसम्म सौराहामा भई नसकेको उहाँले बताउनुभयो । अब पर्यटक बढ्न थालेपछि क्रमशः वैशाखसम्म आगमन हुने उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पर्यटक बढेपछि क्रमशः बढ्ने र उच्च विन्दुमा पुगेर तल झर्ने गर्दछ ।”

    होटल भिष्टाका सञ्चालक रमेश सिलवाल दसैँसँगै आन्तरिक पर्यटक आउने आफूहरु आशावादी भएको बताउनुहुन्छ । दसैँको समयमा विदेशी पर्यटक केही आएको उहाँले बताउनुभयो । भारतीयसहित अन्य देशबाट पर्यटकले सोधपुछ र बुकिङ गर्न थालेको उहाँको भनाइ छ ।

    व्यवसायी विदेशी पर्यटकको संख्या अब बढ्नेमा विश्वस्त छन् । भोटेकोशी बाढीको समयमा वर्षापछिको याम भएकाले धेरै पर्यटकको बुकिङ भए पनि रद्द हुँदा ठूलो नोक्सानी व्यवसायीहरुले व्यहोरेका थिए ।

    वनबास रिसोर्ट सौराहाका महाप्रबन्धक प्रकाश न्यौपाने दसैँको समयमा आफ्नो होटलमा विदेशी पर्यटकले भरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “गएको तीन दिन मेरो होटल विदेशी पर्यटकले भरिएको छ ।” जर्मन, डेनमार्क, बेल्जियम, अष्ट्रेलियन र अमेरिकन आएको उहाँ बताउनुहुन्छ ।

    स्वदेशी पर्यटकको बुकिङ भने कमजोर रहेको जनाउँदै उहाँले अबका दिनमा पर्यटक बढ्नेमा आफू आशावादी भएको बताउनुभयो । भोटेकोशी बाढीपछि रोकिएका पर्यटक आउन थालेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जति नेपाल आएका छन् विगतमा जस्तैगरी उनीहरु सौराहा पनि आउन थालेका छन् ।”

    चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा छ । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटक धेरैजसो सौराहा बस्ने गर्दछन् । यससँगै भरतपुरको पटिहानी, जगतपुर, मेघौलीलगायत क्षेत्रमा ती पर्यटक बस्ने गर्दछन् । तिनै क्षेत्रबाट हात्ती, जिप, डुङ्गा, पैदल निकुञ्ज र मध्यवर्ती क्षेत्रमा घुम्न उनीहरु रुचाउँछन् । एकसिङ्गे गैँडा, पाटेबाघजस्ता दुर्लभ वन्यजन्तु हेर्न यहाँ पर्यटक आउने गर्दछन् ।  देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनलाई सफारी पर्यटनमा एक नम्बर मानिन्छ । यहाँ थारु संस्कृति हेर्न पनि पर्यटक आउने गर्दछन् ।  रासस

    (सांकेतिक फाईल तस्बिर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.