समाज

तीन वर्षभित्र नेपाल काठमा आत्मनिर्भर हुन्छ : मन्त्री यादव
-न्युजभित्तो

काठमाडौँ, १० पुस । वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले आगामी तीन वर्षभित्रमा देशलाई काठमा आत्मनिर्भर बनाउने प्रतिबद्दता व्यक्त गर्नुभएको छ । नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासङ्घको सातौँ वार्षिक साधारणसभा तथा चौँथो महाधिवेशनको उद्घाटन गर्दै उहाँले आगामी सन् २०३० सम्ममा...

देशभर चिसो ह्वात्तै बढ्यो, सर्तक रहन विज्ञको आग्रह
-न्युजभित्तो

काठमाडौँ, १० पुस । पछिल्ला दिनमा राजधानी काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औँल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले...

मुख्यमन्त्री राउतद्वारा क्रिसमस डेको शुभकामना
-न्युजभित्तो

जनकपुर, १० पुस ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्रिसमस डेले सबैमा भाइचारा एवम् सौहार्दताको सन्देश दिनुभएको छ । इसाई धर्मका संस्थापक येसु खिष्टको जन्मोत्सव अर्थात् क्रिसमस डेको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले क्रिसमस डेले सर्वसाधारणलाई...

सिराहा र सप्तरीबाट ७० किलो गाँजा बरामद
-न्युजभित्तो

काठमाडौं,१० पुस । सशस्त्र प्रहरीले विभिन्न दुई स्थानबाट ७० किलोग्राम गाँजा बरामद गरेको छ । सिराहाको औरही गाउँपालिका-१ स्थित सीमा क्षेत्रबाट शनिबार ३० किलो र सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-११ बाट शुक्रबार ४० किलो गाँजा बरामद गरिएको हो । ३० किलो गाँजा...

मौसम पूर्वानुमान : वर्षासँगै हिमपातको सम्भावना
-न्युजभित्तो

काठमाडौँ, १० पुस । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको जनाएको छ । महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने...

मदिरा सेवन संस्कृतिले समस्या बढ्यो
-न्युजभित्तो

पोखरा, १० पुस । मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले...

कांग्रेस प्रदेश नं २ उपसभापतिमा वीरेन्द्र र चन्द्रशेखर
-न्युजभित्तो

जनकपुर, १० पुस । नेपाली कांग्रेस प्रदेश नं २ को आज बिहान सम्पन्न मतपरिणामअनुसार उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह एक हजार १९ र चन्द्रशेखर यादव ८९५ मत ल्याएर विजयी हुनुभएको छ । निकटतम प्रतिस्पर्धी विनोदकुमार खनालले ७४० र धनलाल ठोकरले ६३६...

बैंकको बढेको ब्याजदर फिर्ता लिन महासङ्घको माग
-न्युजभित्तो

काठमाडौँ, १० पुस । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको...

देउवाले कोइराला, सिंह र निधिलाई पकड क्षेत्रमा कमजोर पारपछि…
-न्युजभित्तो

काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै...

फोटोसहितको मतदाता नामावली सङ्कलन
-न्युजभित्तो

बैतडी, १० पुस । जिल्ला निर्वाचन कार्यालय बैतडीले इलाका प्रशासन कार्यालय पुर्चौडीबाट पनि फोटोसहितको मतदाता नामावली सङ्कलनको व्यवस्था गरेको छ । आगामी सबै तहका निर्वाचनलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालयबाट पनि नामावली सङ्कलन थालिएको हो । निर्वाचन आयोगले इलाका प्रशासन...