सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदिरा सेवन संस्कृतिले समस्या बढ्यो


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार ११:३८ 
  • पोखरा, १० पुस । मदिरा सेवन संस्कृतिको रुपमा विकास हुँदा समाजमा हिंसा बढ्दै गएको पोखरामा आयोजित कार्यक्रममा वक्ताले बताएका छन् । उपभोक्ता हित संरक्षण मञ्च नेपालले मदिराका नकारात्मक असर र नियमनको आवश्यकतासम्बन्धी पोखरामा शुक्रबार आयोजित उपभोक्ता सचेतना कार्यक्रममा सहभागीले मदिराको प्रयोगलाई प्रतिष्ठा विषय बनाउँदै जाँदा समस्या बढ्दै गएको धारणा राख्नुभएको हो ।

    प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आधुनिकताको पक्षको रुपबाट मदिरा संस्कृति बढ्दै गएको र यसले समाजलाई नकारात्मकतातर्फ डो¥याएका बताउनुभयो । उहाँले ८० प्रतिशत हिंसा मदिराको सेवनबाट हुने गरेका तथ्याङ्कहरु बाहिर आएको जनाउँदै मदिराले मानिसलाई आफूलाई शक्तिशाली हुँ भन्ने मनोवैज्ञानिक भ्रम सिर्जना गर्ने र हिंसाका लागि प्रेरित गर्न गरेको बताउनुभयो । उहाँले डाक्टरले भनेका कुरालाई वेवास्ता गर्दै सामाजिक प्रतिष्ठा र विलासिताको पक्षबाट मदिरालाई अगाडि ल्याउने संस्कार गलत भएको र यसलाई निरुत्साहित गर्न सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो ।

    कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले मदिर बिक्री वितरणका लागि बनेका ऐनको कार्यान्वयनमा लागि प्रशासन पूण प्रतिबद्ध रहेको यसको लागि नागरिक तहबाट सचेतनको जरुरी रहेको बताउनुभयो । पश्चिामाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपप्राध्यपक डा डेभिड श्रेष्ठले मदिराले स्वास्थ्यमा पार्ने असरको बारेमा प्रस्तुतीकरण राख्दै स्वास्थ्यका लागि मदिरा सेवन कुनै पनि दृष्टिकोणले उपयुक्त नरहेको बताउनुभयो ।

    जिल्ला ट्राफिक कार्यलय कास्कीका प्रमुख प्रहरी निरीक्षक अमृत बस्नेतले विश्व भरी पाँच वर्षदेखि २९ वर्ष उमेर समूहका युवा १३ देखि १४ लाखको मृत्यु हुने गरेको तथ्याङ्क रहेको डेढ दुई करोड अङ्गभङ्ग हुने गरेको जानकारी दिनुभयो । नेपालमा वार्षिक १७÷१८ सयको मृत्यु सडक दुर्घटनाबाट हुने गरेको यसको कारणमा ६९ प्रतिशत मदिरा सेवन रहेको बताउनुभयो । उहाँले ‘ड्रिक एण्ड ड्राइभ’ कम गर्दा दुर्घटना न्यूनीकरण हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.