सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देउवाले कोइराला, सिंह र निधिलाई पकड क्षेत्रमा कमजोर पारपछि…


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १०:५७ 
  • काठमाडौं, १० पौष । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा विजयी हासिल गर्न चालेको रणनीति मात्र सफल भएन प्रभावशाली नेताहरुलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारे । देउवाले काँग्रेसको राजनीतिमा बलियो प्रभाव बनाएको कोइराला परिवार र सिंह परिवारलाई उनीहरुकै प्रभाव क्षेत्रमा कमजोर पारे ।

    प्रदेश १ मा प्रभावशाली मानिएको कोइराला परिवारलाई कमजोर पार्ने क्रममा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग आन्तरिक गठबन्धन गरे । सिटौलासँग मिलेर प्रदेश सभापतिमा डा. शेखर कोइराला पक्षका गुरुराज घिमिरेलाई कठिनाईका साथ हराउन सके । यसले कोइरालालाई ठूलो धक्का लाग्यो जसको असर सभापतिको निर्वाचनमा पनि पर्यो ।

    देउवाले बागमती प्रदेशमा प्रकाशमान सिंहलाई धक्का दिन रणनीतिक चार्तुयता देखाए । निकै प्रतिष्र्धामा सिंहको साथ पाएर प्रतिष्पर्धामा उत्रिएका जगदीश्वरनरसिंह केसी पराजित भए । यसले सिंहलाई धक्का पर्यो । उनको सभापतिको दाबेदारी कमजोर बन्यो । सभापतिमा इतर समूहका दुई उम्मेदवार देखि । अर्कोतर्फ संस्थापन पक्ष छाडेका विमलेन्द्र निधि पनि उठे ।

    प्रदेश २ को प्रदेश अधिवेशन महत्वपूर्ण थियो । त्यसले जाने सन्देशले देउवालाई असर पर्न सक्थ्यो । त्यसकारण महाधिवेशनपछि मात्र अधिवेशन गर्ने तय भयो ।

    महाधिवेशनपछिको अधिवेशनमा शेखर कोइरालाको समर्थनमा निधि पक्षका रामसरोज यादव उम्मेदवार बने । रामसरोजलाई कृष्ण यादवले पराजित गरे । कृष्ण यादव देउवा पक्षका हुन् । कोइराला र निधि मिल्दा पनि प्रदेश २ मा देउवा पक्ष बलियो देखियो । निधिलाई उनकै गृह प्रदेशमा देउवाले कमजोर पारे ।

    यसरी देउवाले आफ्ना आन्तरिक प्रतिष्पर्धीलाई उनीहरुकै गृह प्रदेशमा कमजोर पारेर काँग्रेसमा बलियो पकड बनाएका छन् । यसले काँग्रेसभित्र देउवाको शक्ति झन् बढेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.