सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी


  •    न्युजभित्तो/९ कार्तिक २०८३, आईतवार ०९:४० 
  • नारायणगढ (चितवन), ८ कात्तिकः चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो ।

    कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८३/८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

    गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताउनुभयो ।

    उहाँका अनुसार जिल्लाका मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग तथा मुख्य सडकखण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पु-याएको छ ।

    साथै चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु र निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गर्नुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान पु¥याएको प्रमुख थापाले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
    नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै
    दसैँमा पनि सौराहा सुनसान, आन्तरिक पर्यटकको आगमन कमजोर
    • आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    • बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    • ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.