स्वास्थ्य / शिक्षा
भक्तपुर, ११ असार । भक्तपुर अस्पतालले पाठेघर (आङ) खसेका महिलाको निःशुल्क शल्यक्रिया सेवा सुरु गरेको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयअन्र्तगत निःशुल्क पाठेघर खस्ने रोगको उपचार सेवा सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा सुरेन्द्र भट्टले जानकारी दिनुभयो । आङ खसेका...
काठमाडौँ, ९ असार । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले डेङ्गी रोग नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । शून्य समयमा बोल्नुहुँदै सांसदहरू गोमादेवी तिमिल्सिना, कृष्णप्रसाद पौडेल र उदयबहादुर बोहराले देशभर डेङ्गी नियन्त्रणका लागि सरकारको पहल कमजोर देखिएको धारणा राख्नुहुँदै यस...
भोजपुर, ९ असार । दुर्गम क्षेत्रका नागरिकलाई सहज रूपमा सेवा प्रदान गर्न यहाँको खोक्सिकमा पक्की स्वास्थ्यचौकी भवन निर्माण थालिएको छ । सहकारीको घरबाट स्वास्थ्यचौकी चलाउन असहजता भएसँगै यहाँ पक्की भवन निर्माण थालिएको हो । आफ्नै ठाउँमा स्वास्थ्यचौकीको पक्की भवन निर्माण...
चितवन, ६ असार । चालु आर्थिक वर्षमा सात जना औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशङ्कामा उपचारका लागि आएका सात हजार ९८९ जनाको नमुना परीक्षण गर्दा सात जनामा सङ्क्रमण देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका...
वालिङ (स्याङ्जा), ५ असार । स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि पोखरा तथा पाल्पा जानुपर्ने बाध्यता हटेको हो । प्रदेश जनस्वास्थ्य...
अमरगढी (डडेल्धुरा), ५ असार । परशुराम नगरपालिका–७ सादनी निवासी १३ वर्षीय किशोर प्रकाश भट्टराईको सर्पले डसेर मृत्यु भएको छ । जोगबुडास्थित इलाका प्रहरी कार्यालयका प्रमुख सुरेश रोकायाका अनुसार आज बिहान शौचालय गएका उनलाई सर्पले डसेको हो । तत्काल अस्पताल पु¥याइएका...
ओखलढुङ्गा, ५ असार । शेर्पा समाज बेल्जियम र जर्मनको आर्थिक सहयोगमा यहाँको खिजीदेम्बा गाउँपालिकाले शववाहन सञ्चालनमा ल्याएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले रु नौ लाख १३ हजार खर्च गरेर पुरानो एम्बुलेन्स मर्मत गरी शववाहन तयार गरिएकोे बताउनुभयो ।...
कञ्चनपुर, ५ असार । भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका नाका हुँदै फर्कनेहरुमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम कायमै रहेको छ । पश्चिमी सीमानाका गड्डाचौकी हुँदै भारतको हल्द्वानीबाट बुधबार फर्केका बर्दियाका एक जनाको कोरोना भाइसका कारण अवस्था गम्भीर भएको पाइएपछि महाकाली प्रादेशिक...
ढोरपाटन (बागलुङ), ३ असार । बागलुङका १५ महिनासम्मका तीन हजार ५५२ र १६ देखि २३ महिनासम्मका तीन हजार ९८ गरी छ हजार ६४७ जना बालबालिकालाई सबै खोप लगाइएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम सापकोटाका अनुसार बालबालिकालाई १५ महिनाभित्र...
तनहुँ, २ असार । मौसम परिवर्तनसँगै गर्मी बढेपछि यतिबेला जिल्लाको सदरमुकामस्थित दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको सङ्ख्या बढेको छ । पछिल्लो केही दिनयता मौसमी रूघाखोकी, ज्वरो, टाइफाइड, निमोनियालगाय बिरामीको सङ्ख्या बढेको अस्पतालले जनाएको छ । सरकारी अस्पतालका...
















