सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन


  •    न्युजभित्तो/१० श्रावण २०८२, शुक्रबार १५:३४ 
  • काठमाडौँ, ९ साउन । वर्षात्को समयमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको सङ्क्रमण रोक्न जनचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

    सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र इच्छुमति टोल सुधार समितिको संयुक्त आयोजनामा आज काठमाडौँ महानगरपालिका–४ बालुवाटार, टुँडालदेवी, इच्छुमति क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरिएको हो । सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले महामारीबाट मानव स्वास्थ्य बचाउने र समाजमा चेतना फैलाउने प्रयासअनुरुप डेङ्गु नियन्त्रण अभियान सञ्चालन गरिएको बताउनुभयो ।

    “लक्षणबिना पनि डेङ्गुको सङ्क्रमण हुनसक्छ, त्यो सामान्यतया थाहा नहुन सक्छ, त्यसैले डेङ्गु सार्ने लामखुट्टेको टोकाइबाट बच्न अभियान सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

    अभियानमा नेपाली सेनाका पूर्वरथी यादव रायमाझी, पूर्वउपरथी शिवराम प्रधान र पूर्वप्रहरी अतिरिक्त महानिरीक्षकद्वय अमरसिंह शाह र निरज शाही, प्रहरीवृत्त मालीगाउँका प्रहरी निरीक्षक दावा तेञ्जिङ शेर्पालगायत स्थानीय तथा विभिन्न विद्यालयका विद्यार्थीको सहभागिता थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा दसैँ–तिहार अवधिमा सडक दुर्घटनामा कमी, राजस्व बढ्यो
    गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
    सवारी साधानको उच्च चाप भएपछि घोप्टेभिरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन
    • भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम र आत्मीयतालाई अझ प्रगाढ बनाउँछः प्रधानमन्त्री शाह
    • मकै र भटमासको मूल्य बृद्धि: पशुपन्छीजन्यको उत्पादन लागत बढ्यो
    • चितवनका भिष्म अधिकारी निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्यमा मनोनित
    • डिडिसीको बिक्री कक्ष भरतपुरमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.