स्वास्थ्य / शिक्षा

स्वास्थ्य बिमा समस्या समाधानको प्रयासमा प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा समस्या समाधानको प्रयास प्रारम्भ गर्नुभएको छ ।  यसै क्रममा सरोकार भएका पक्षसँग छलफल गर्न उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न बैठक आह्वान गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । केही...

बाँकेमा आठ हजार बढीलाई एचपिभी खोप लगाइँदै
-न्युजभित्तो

नेपालगन्ज, २० माघ । बाँकेमा पाठेघरको क्यान्सरविरुद्ध आठ हजार भन्दा बढीलाई एचपिभी खोप लगाइने भएको छ । आज यहाँ भएको खोप समन्वय समिति, बाँकेको बैठकमा जिल्ला स्वास्थ्य कार्यालयकी प्रमुख सुनिता पौडेलले सो जानकारी दिनुभयो ।  उहाँका अनुसार जिल्लामा विद्यालय जाने...

बाजुरामा एक हजार आठ सय किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै
-न्युजभित्तो

बाजुरा, २० माघ । पाठेघरको मुखको क्यान्सर रोग विरुद्ध यहाँका एक हजार ८०६ जना किशोरीलाई खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाभर यही माघ २७ देखि फागुन ३ गतेसम्म नियमित खोपका रूपमा पाठेघर मुखको...

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया
-न्युजभित्तो

दमौली (तनहुँ), १९ माघ । तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको छ । आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाविन्दु देखिएका ८९ जनाको शल्यक्रिया...

स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्न आग्रह
-न्युजभित्तो

काठमाडौँ, १९ माघ । स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गरेर लानुपर्ने सांसद रेणु चन्दले माग गर्नुभएको छ । सङ्घीय संसद् राष्ट्रिय सभाको आजको बैठकमा उहाँले नागरिकको पहुँचमा पुगेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको बताउँदै विभिन्न अस्पतालमा भुक्तानीको...

कास्की जिल्ला अदालत परिसरमा निःशुल्क आँखा शिविर स् अधिकांशमा आँखाको समस्या
-न्युजभित्तो

गण्डकी, १९ माघ । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित  हिमालय आँखा अस्पताल पोखराद्वारा कास्की जिल्ला अदालत परिसरमा सञ्चालित निःशुल्क आँखा शिविरमा २१५ जना लाभान्वित भएका छन् । परीक्षण गरिएका मध्ये १५६ जनालाई सामान्य आँखाको समस्या देखा परेकाले निःशुल्क औषधि वितरण...

‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’
-न्युजभित्तो

नारायणगढ (चितवन), १९ माघ । भिटामिन डी शरीरमा पर्याप्त मात्रामा हुनु अति आवश्यक मानिन्छ । सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ । चिकित्सकका अनुसार मासु, अण्डा तथा...

स्वास्थ्य बिमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री
-न्युजभित्तो

काठमाडौँ, १५ माघ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम शर्माले स्वास्थ्य बिमाको क्षेत्रमा सुधारको काम भइरहेको बताउनुभएको छ । सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको ३०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित रुपमा सञ्चालन गर्न सरकारले...

सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
-न्युजभित्तो

सुदूरपश्चिम, १४ माघ । नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।...

चितवनमा चार सय बढीमा क्षयरोगको सङ्क्रमण
-न्युजभित्तो

चितवन, १४ माघ । चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ४८० जनामा क्षयरोगको सङ्क्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय चितवनका क्षयकुष्ठ अधिकृत जयराम दुवाडीका अनुसार साउनयता दुई हजार ६५६ जनाको परीक्षण गरिएकामा ४८० जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये ८१...