सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य


  •    न्युजभित्तो/३ चैत्र २०८२, मंगलवार ११:२९ 
  • काठमाडौँ, ३ चैत । महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।

    काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माका बीच सोमबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा महानगरका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको समेत उपस्थिति थियो ।

    कार्यवाहक प्रमुख डङ्गोलले क्यान्सरबाट धेरै महिलाले अकालमा ज्यान जाने गरेको उल्लेख गर्दै क्यान्सरबाट बच्ने उपायमध्ये नियमित परीक्षण गराउन एउटा विधि रहेको बताउनुभयो ।

    अस्पतालका निर्देशक प्रा डा शर्माले महिलाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि समयमा नै स्क्रिनिङ गर्नुपर्ने बताउनुभयो । “मलाई लक्षण देखिएकै छैन । किन परीक्षण गराउनु भन्ने मानसिकताले अवस्था बिग्रिने गरेको छ । बिग्रिएको यो अवस्था सुधार गर्न लक्षण नभए पनि परीक्षण गराउनु पर्छ”, उहाँले भन्नुभयो ।

    स्वास्थ्य विभागका प्रमुख केसीका अनुसार महानगरभित्रका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला र गएको वर्ष गरिएको परीक्षणका क्रममा छुट हुनुभएका महिला र गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरू परीक्षण र प्रारम्भिक उपचार गरिने बताउनुभयो ।

    उहाँले क्यान्सर परीक्षण चैत १६ गतेदेखि हुने र हरेक दिन १०० देखि १२० जनासम्मको परीक्षण गर्ने बताउनुभयो । नेपालमा सबभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.