सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने


  •    न्युजभित्तो/५ चैत्र २०८२, बिहीबार १३:०८ 
  • जुम्ला, ५ चैत । जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका सबै स्थानीय तहमा खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

    राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यहाँका आठ वटै स्थानीय तहका कक्षा ६ का एक हजार १६५ र विद्यालय नजाने १० वर्ष उमेरका ११२ गरी एक हजार २७७ जनालाई एचपिभी खोप दिने तयारी भएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरणकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार खोप सञ्चालनका लागि ८४ वटा खोप केन्द्र कायम गरिएको छ ।

    उक्त अभियानमा चन्दननाथ नगरपालिकामा २७७, तातोपानी गाउँपालिकामा १६४, गुठिचौरमा ७७, पातारासीमा २२१ जना छात्रालाई एचपिभी खोप दिने कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो । त्यसैगरी तिला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकाका ५३८ जनालाई खोप दिने उहाँले बताउनुभयो । खोप अभियान विद्यालयमा कक्षा ६ मा अध्ययन गर्ने छात्रा र विद्यालय नजाने १० वर्षका किशोरीलाई लक्षित गरेर सञ्चालन गरिएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.