स्वास्थ्य / शिक्षा

चितवनमा आज १७१ जनामा कोरोना संक्रमण, २ जना संक्रमितको मृत्यु
-न्युजभित्तो

चितवन, २७ साउन । चितवनमा पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार पिसिआर परीक्षणबाट १३८ तथा एन्टिजेनबाट ३३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमा भरतपुर महानगरपालिका भित्रका मात्रै १३०...

बिपीमा आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको शल्यक्रिया सफल
-न्युजभित्तो

धरान, २७ साउन । जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको शल्यक्रिया सफल भएको छ । भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१...

डोटी जिल्ला अस्पतालमा दश शय्याको आइसोलेशन वार्ड निर्माण
-न्युजभित्तो

डोटी, २७ साउन । कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पतालमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो । जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले...

कञ्चनपुरमा किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालन
-न्युजभित्तो

कञ्चनपुर, २७ साउन । किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालनमा ल्याइएको छ । सुदूरपश्चिम प्रदेश सरकारले रु १५ लाखको लगानीमा स्वास्थ्य कार्यालयमा सो ल्याब स्थापना गरेको छ ।किटजन्य रोग बाहकका रूपमा रहेका लामखुट्टे र भुसुनाजस्ता किटाणुबारे जानकारी लिन...

कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लुएचओ
-न्युजभित्तो

कर्णाली, २७ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लुएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित...

काभ्रेको नमोबुद्धका ज्येष्ठ नागरिकलाई घरघरमै खोप
-न्युजभित्तो

बनेपा, २६ साउन । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उहाँहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ । नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ...

“नेपाली विद्यार्थी विदेश पठाउन स्वास्थ्य शिक्षामा कोटाभन्दा उत्तीर्ण कम”
-न्युजभित्तो

 नारायण अधिकारी चितवन, २६ साउन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् । विद्यार्थी कम भएपछि...

दुई सय ३१ जना सङ्क्रमित थपिए
-न्युजभित्तो

चितवन, २५ साउन । जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोही अबधिमा यहाँ १ सय ९५ जनाले कोरोना सङ्क्रमण मुक्त भएर घर फर्कीएका छन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार कोरोना सक्रमण पुष्टि...

चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन छ जनाको मृत्यु
-न्युजभित्तो

चितवन, २४ साउन । चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको...

नेपालमा थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को मृत्यु
-न्युजभित्तो

काठमाडौं,२४ साउन । पछिल्लो २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या...